२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
खबर

कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि फरवार्ड माइक्रोफाईनान्सले दिनेभो २५ लाख

Author Uttari Morang
बुधबार, बैशाख २४, २०७७
कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि फरवार्ड माइक्रोफाईनान्सले दिनेभो २५ लाख

फरवार्ड कम्युनिटी माइक्रोफाईनान्स बित्तीय संस्था लिमिटेडले कोराना भाईरस महामारी रोकथाम तथा नियन्त्रणका लागि २५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।

भर्चुवल माध्यमद्धारा गरिएको वोर्ड वैठकले संघीय सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष मा १० लाख, वित्तीय संस्थाको केन्द्रिय कार्यालय रहको प्रदेश नं. १ को सरकारलाई कोरोना नियन्त्रणका लागि १ लाख तथा कोरोना प्रभावितलाई राहत बितरणका लागि १ लाख गरी जम्मा २ लाख सहयोग गर्ने निर्णय गरिएको छ ।

त्यसैगरी प्रदेश नं. २, ३, ५ र सुदुरपश्चिम प्रदेश सरकारलाई १/१ लाख रुपैया तथा गण्डकी र कर्णली प्रदेशमा रहेको शाखा कार्यालय मार्फत स्थानिय तहलाई पनि राहत रकम प्रदान गर्ने निर्णय भएको फरवार्डका प्रमुख कार्यकारी अधिकृत आशनारायण चौधरीले जनाए । “अहिलेको अवस्थामा कोरोना भाइरस माहामारीबाट मुलुक र जनतालाई कसरी बचाउने भन्नेमा सवैको ध्यान केन्द्रित भएकोले संस्थाका तर्फवाट संघीय र प्रदेश सरकारलाई राहत प्रदानगर्ने निर्णय गरेको चौधरीले वताए ।

यसैबिच फरवार्डले चैत्र देखि असार सम्मको ब्याज ऋणमा ३ प्रतिशत छुट दिने समेत निर्णय गरेको छ । बोर्ड बैठकले विभिन्न क्षेत्रमा लगाएको कर्जामा ३ प्रतिशत ब्याजमा छुट दिने निर्णय गरेको हो । बैठकले कोरोना भाइरसको उपचारमा संलग्न चिकित्सक, कर्मचारी तथा सुरक्षा निकायलाई ब्यक्तिगत सुरक्षा (पिपिई) सामग्री समेत दिने निर्णय गरेको छ ।

मुलुकलाई विपत्ती परेको बेला नीजि क्षेत्रले पनि सामाजिक उत्तरदायित्व अन्तरगत राज्यलाई सहयोग गर्नुपर्छ भन्ने अभिप्रायले सहयोग दिने निर्णय गरेकोो पूर्व राज्यमन्त्री तथा नेकपाकी केन्द्रिय सदस्य समेत रहेकी  चौधरीले वताइन् ।