लिपुलेक अतिक्रम विरुद्ध सडकमा उत्रिए बेलबारीका युवाहरु, बिराटचोकमा जलाइयो मोदीको पुत्ला
Uttari Morang
नेपाली भूमी मिचेको क्षेत्र लिपुलेक हुँदै भारतले चीनको मानसरोवर जाने सडक निर्माण गरेको विरोधमा बेलबारीका युवाहरुले विरोध प्रदर्शन गरेका छन् ।
विभिन्न संघ संस्थामा आबद्द युवाहरुले स्वतस्फूर्त रूपमा बेलबारीमा बिरोध प्रदर्शन गरेका हुन् । आईतबार गरिएको बिरोध प्रदर्सनका क्रममा युवाहरूले बेलबारीको दुर्गा मन्दिरदेखि मालपोत मोडसम्म अतिक्रम विरुद्ध नाराबाजी गर्दै र्याली गरेका थिए ।
५० भन्दा बढि युवाहरुले नेपाली झण्डा सहित गो ब्याक ईन्डिया, लिपुलेक, कालापानी हाम्रो हो, भारतिय बिस्तारवाद मुर्दावाद, सिमा मिच्न पाईदैन लेखेको प्ले कार्ड बोकेर नारावाजी गरेका थिए ।
र्यालीपछि कोणसभा पनि गरिएको थियो । कोणसभालाई केदार धिमाल, अशोक राई, सुजित बस्नेत, उषा तामाङ, ऋषि राई आदिले सम्बोधन गरेका थिए । उनीहरुले भारतले नेपाली भुमी मिच्दा समेत नेपाल सरकार मुकदर्शक भएर बसेको भन्दै रोष प्रकट गरे ।
आयोजकहरुको तर्फबाट कार्यक्रम संयोजक ऋषि राईले आन्दोलन गर्नु रहर नभएर बाध्यता भएको र भारतिय पक्ष यस्तै हस्तक्षेप गरिरहे यो भन्दा शसक्त आन्दोलन गर्ने चेतावनी दिए ।




