२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

स्वास्थ्य मन्त्रीले निर्वाचन क्षेत्रमा दोस्रोपल्ट पठाए स्वास्थ्य सामग्री

Author Uttari Morang
बुधबार, जेठ २१, २०७७
स्वास्थ्य मन्त्रीले निर्वाचन क्षेत्रमा दोस्रोपल्ट पठाए स्वास्थ्य सामग्री

स्वास्थ्य मन्त्री भानुभत्त ढकालले आफनो निर्वाचन क्षेत्रमा स्वास्थ्य सामाग्रिहरु पठाएका छन् ।

उनले मोरङ क्षेत्र नम्बर ३ का  स्थानिय तहमा कोरोना रोग रोकथामका लागि आवश्यक पर्ने स्वास्थ्य सामाग्री पठाएका हुन् । सुन्दरहरैचा, बेलबारी, पथरीशनिश्चरे नगरपालिका र कानेपोखरी गाँउपालिकामा ढकालले स्वास्थ्य सामाग्री पठाएका छन्  ।

मन्त्रालयको  टोलिले मंगलबार ¥यापिट टेस्टकिट, थर्मलगन, पिपिई,सेनिटाइजर, क्याप,सर्जीकल तथा एन नाइन्टी फाएप, मास्क, पन्जा, चस्मा लगायतका सामाग्रीहरु बुझाएका छन् ।

मन्त्रालयले पठाएको सामाग्रीले केहि राहत मिल्ने बेलबारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बताए । मन्त्री ढकालले यस अघि पनि आफनो निर्वाचन क्षेत्रमा स्वास्थ्य सामाग्री  पठाएका थिए ।