२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

सदरमुकामा कोरोना अस्पताल र वडा वडामा क्वारेन्टाईन बनाउन धनकुटाका संघ संस्थाहरुको माग

Author Uttari Morang
शुक्रबार, जेठ २३, २०७७
सदरमुकामा कोरोना अस्पताल र वडा वडामा क्वारेन्टाईन बनाउन धनकुटाका संघ संस्थाहरुको माग

जिल्ला सदरमुकाममा एक कोरोना अस्पताल र जिल्लाका ६० वटै वडाहरुमा क्वारेन्टाईन स्थापना गर्न धनकुटा उद्योग बाणिज्य संघ लगायत निजि संघ संस्थाहरुले माग गरेका छन् ।

महामारीको रुपमा दिन प्रतिदिन फैलदै गएको कोरोना भाईरसलाई फैलन नदिई नियन्त्रण गर्नका लागि जिल्ला सदरमुकाम धनकुटामा एक कोरोना अस्पताल र ६० वटै वडाहरुमा क्वारेन्टाईन स्थापना गर्न संघ लगायत निजि क्षेत्रहरुले सहयोग गर्ने वताएका हुन् ।

छिमेकी भारत लगायत विभिन्न देशहरुमा रोजगारका लागि श्रम गर्न विदेश गएका नेपालीहरु दिन प्रतिदिन ठूलो सख्यामा स्वदेश फर्कन थालेकाले संघिय सरकार तथा प्रदेश सरकारले मात्र अव व्यवस्थापन गर्न नसक्ने भएकाले स्थानीय तहका सरकार र निजि क्षेत्रहरुले समेत कोरोना भाईरलाई नियन्त्रण गर्न कोरोना अस्पताल,क्वारेनटाईन स्थापना गर्न महत्वपूर्ण सहयोग गर्नु पर्ने धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राइले वताए ।

विदेशबाट आउने वडावासीहरुलाई प्रत्येक वडा कार्यालयले नै स्थानीय वासिन्दा तथा निजि क्षेत्रहरुको सहयोगमा क्वारेन्टाईन स्थापना गरी अनिवार्य रुपमा क्वारेन्टाईनमा राख्नु पर्ने होटल एशोसिएन भेडेटारका अध्यक्ष जितेन्द्र राईले वताए ।
मुलुकभरी नै एक पटक तिव्र रुपमा कोरोना भाईरस फैलिएर भयाभय हुने सक्ने संकेत देखिएले धनकुटा जिल्ला सदुरमुकामा पिसिआर परिक्षण ल्याप सहितको कोरोना अस्पताल र सात वटै पालिकाले ६० वटै वडामा ५० वेड सम्मको क्वारेन्टाईन अनिवार्य रुपमा स्थापना तत्काल गर्न त्यसका लागी संघिय ,प्रदेश सरकारको सहयोग लिएर स्थानीय तहले निजि क्षेत्रहरुसंग सहयोग लिएर पलल गर्नु पर्ने अध्यक्ष बिजय सन्तोषी राईले बताए  ।

शुरुमा समय हुदाहुदै पनि प¥याप्त तयारी नगरेको कारण कोरोना भाईरस अहिले फैलदै गएकोले अव पनि निजि क्षेत्र लगायत वडावासी लगायत सवैसंग सहकार्य र सहयोग लिएर विशेष योजना सहित कोरोना भाईरसलाई नियन्त्रण गर्न प्रभावकारी कदम नचाल्ने हो भनै अव धनकुटा जिल्लामा पनि कोरोना भाईरसले भयाभह स्थितिको सिर्जना गर्न सक्ने धनकुटा अस्पताल विकास समितिका पूर्व अध्यक्ष सुनिल डंगोलले वताए ।
कसैको एक्ले प्रयासबाट मात्र अव कोरोना भाईरस नियन्त्रण हुन नसक्ने भएकाले सवैको सहयोग अनिवार्य रहेकोले अव सवै संयमित र सर्तक भएर कोरोना भाईरस नियनत्रण गर्न सहयोग गर्नु पर्ने धनकुटा बजार व्यवस्थापन समितिका अध्यक्ष विप्लव श्रेष्ठको तर्क छ ।