२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
खबर

लकडाउनलाइ प्रभावकारी तर जनजीवनलाई सामान्य बनाउने कसरतमा इटहरी उपमहानगर

Author Uttari Morang
शनिबार, जेठ २४, २०७७
लकडाउनलाइ प्रभावकारी तर जनजीवनलाई सामान्य बनाउने कसरतमा इटहरी उपमहानगर

इटहरी उपमहानगरमा लकडाउनलाई प्रभावकारी ढंगले पालना गर्दै जनजीवनलाई पनि सामान्य वनाउँदै लाने निर्णय गरिएको छ ।

विहान नगरप्रमुख द्धारिकलाल चौधरीको अध्यक्षतामा वसेको वैठकले शैक्षिक सँस्थाहरु र तोकिएका ब्यापार ब्यवसाय वाहेक अन्य ब्यापार ब्यवसाय विहान १० सम्म खुल्ला गर्ने निर्णय गरिएको छ । लकडाउन वन्दावन्दीको समय लामो अवधि हुदै जाँदा ब्यापार ब्यवसाय ठप्प भएको हुदाँ दैनिक जनजीवन कष्टकर हुदै गएको अवस्थालाई मध्यनजर गर्दै जनप्रतिनिधि,उद्योग वाणिज्य संघ र प्रहरी प्रशासन सहभागि वैठकले यस्तो निर्णय गरेको हो । वैठकले लकडाउनका वेला खोल्न नपाइने तोकेर अन्य ब्यापार ब्यवसाय प्रतिष्ठान विहान १० वजे सम्म खोल्ने निर्णय गरेको हो ।

क्यामपस,विद्यालय लगायतका सवै प्रकारका शैक्षिक संस्था,तालिम तथा प्रशिक्षण केन्द्रहरु,खादयवस्तु विक्रि गर्ने ब्यवसायिक मल,सिनेमा हल,पार्टी प्यालेस,फन पार्क लगायतका सार्वजनिक स्थलहरु वन्दनै रहने निर्णय गरेको छ ।यस्तै रंगशाला,खेलकुद स्थल,फुटसल,शारीरिक सुगठन गर्ने स्थल जिमखाना,फिटनेट सेन्टरडान्ससेन्टर,शैलुन र ब्युटीपार्लरहरु, ,होटल बार रेष्टुरेण्टहरु वन्द रहने छन ।सार्वजनिक जमघट,धार्मिक स्थलहरु, मन्दिर, गुम्वा, मश्चिद, चर्च,  गुरुद्धार लगायतमा हुने भेला एवं धामिर्क तथा सास्कृतिक कार्यक्रमहरु गर्न पाइने छैन ।

स्थानीय प्रशासन वाट पास पाएका वाहेकका सवै प्रकारका यात्रुवाहक सवारी साधनहरु समेत संचालन गर्न पाइने छैन । यि वाहेकका अन्य ब्यापार ब्यवसाय विहान १० वजेसम्म संचालन गर्न पाइने छ । जोखिम अझै कायमै रहेका कारण सामाजिक दुरीलाई कडाइका साथ पालना गरेर तोकिएको समयसम्म मात्र ब्यापार ब्यवसाय संचालन गर्न इटहरी उपमहानगरले अनुरोध गरेको छ ।

इटहरी उपमहानगरले बर्षा याम सुरु हुनै लाग्दा वाटो मर्मतको कार्य सुरु गर्ने भएको छ । भोलीदेखि वाटो मर्मत ग्राभेल गर्न वडाहरुमा मिक्सगिटि पठाइने भएको छ । त्यसका लागि खोलामा आफै डोजर चलाएर मेयर द्धारिकलाल चौधरीले सेराखोलावाट कामको सुरुवात गर्नुभयो । वडाध्यक्षहरुलाई खोलामा निगरानीका लागि वस्न मेयर चौधरीले आग्रह गर्नुभएको छ । मिक्सगिटि ल्याउन ट्रिपर गाडीको ब्ववस्था वडा आफैले गर्नुपर्ने मेयर चौधरीले वताउनुभयो ।

इटहरी उपमहानगरकी उपमेयर लक्ष्मी गौतमले इटहरी स्थित मायाँ घरका लागि अत्यावसक विभिन्न समाग्रीहरु उपलब्ध गराउनुभएको छ । आलु प्याज, सब्जि,सावुन,चिनी,चियापत्ती लगायतका अत्यावसक समाग्री उपलब्ध गराउनुभएको हो । लकडाउनले समस्या भइरहेको वेला उपमेयरले मायाँ घरलाई विभिन्न अत्यावसक समाग्री उपलब्ध गराउदै आउनुभएको मायाँघरकी सचिव सुभद्रा प्याकुरेलले वताउनुभयो । समस्या परिरहेको वेला अत्यावसकीय समानका साथ उहाँ आइपुग्दा मायाँ घरमा रहेकाहरु खुशि हुने गरेको प्याकुरेलले वताउनुभयो ।

मायाघरमा सडकमा अलपत्र परेका लगायत मानसिक समस्या रहेका ५१ जना रहेको सचिव प्याकुरेलले जानकारी दिनुभयो ।विभिन्न सहयोगीहरु सँग हातपदाताहरु वाट सहयोग लिएर समस्यामा परेका ठाँउहरुमा सहयोग पुरयाएको उपमेयर गौतमले वताउनुभयो ।