२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

कोरोना प्रभावित र स्वदेश फर्कन चाहने नेपाली बिध्यार्थीहरुको तथ्यांक संकलन गर्दै एनआरएन

Author Uttari Morang
शनिबार, जेठ २४, २०७७
कोरोना प्रभावित र स्वदेश फर्कन चाहने नेपाली बिध्यार्थीहरुको तथ्यांक संकलन गर्दै एनआरएन

गैर आवासीय नेपाली संघ अन्तरास्ट्रिय समन्वय समितिले संसारभर रहेका कोरोना प्रभावित र नेपाल फर्किन चाहने नेपाली बिध्यार्थीहरुको आंकडा संकलनकार्य सुरु गरेको छ ।

अध्यक्ष्यकुमार पन्तको अध्यक्ष्यतामा बसेको अन्तरास्ट्रिय कार्य समितिको बैठकले उक्त निर्णय गरेको हो।

यस अन्तरगत पहिलो चरणमा नेपाली बिध्यार्थीहरु जाने गन्तब्य मुलुकहरुमा प्रारम्भिक सर्वेक्षण गर्ने योजना रहेको  संघका उपाध्यक्ष मन के सी ले बताए । उक्त सर्वेक्षण संघका राष्ट्रिय समन्वय समितिहरु मार्फत गरिने योजना रहेको छ।

सर्वेक्षणमा व्यक्तिगत विवरण दिनुपर्ने नभई  बस्तुस्थिको जानकारी मात्र भर्नुपर्नेछ । तिन मिनटमा सकिने यो बिस्वब्यापी सर्वेक्षण सक्दो मात्रामा बढीसे बढी प्रभावित बिध्यार्थीहरुले भाग लिएमा आर्को चरणको योजनालाई सघाउ पुग्नेछ।

सर्वेक्षणबाट प्राप्त विवरण, संघका राष्ट्रिय समन्वय समितिहरुबाट प्राप्त सूचना र सुझाब संकलन एवम् सम्बन्धित राजदुताबास एबम बाणिज्य दुत हरुका कार्यालय, ब्यबसायिक प्रतिनिधिमुलक संस्था
हरु संगको समन्वय का आधारमा चरण बढ्द रुपमा रिपोर्ट नेपाल सरकार एबम अन्य सरोकारवाला
निकायहरुलाई वितरण गरिने योजना रहेको कुरा यस कार्यदलका संयोजक संघका उपाध्यक्ष्यमन केसीले जानकारी दिए।

साथै नेपाल बाहिर बिद्यार्थी भिसामा रहेर संसारभरी अध्ययन गरि रहेका बिध्यर्थीहरुलाई सम्बन्धित लिंकमा गएर सर्भे सम्पन्न गर्न गराउन संघले आब्हान गरेको छ।

https://www.surveymonkey.com/r/studentsoutsidenepal    अथवा
https://www.nrna.org/