२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

बजार अनुगमन गर्दै धनकुटा उद्योग बाणिज्य संघले बाँड्यो स्वास्थ्य सुरक्षा सामग्री 

Author Uttari Morang
सोमबार, जेठ २६, २०७७
बजार अनुगमन गर्दै धनकुटा उद्योग बाणिज्य संघले बाँड्यो स्वास्थ्य सुरक्षा सामग्री 

मुख्य ब्यापारिक केन्द्र धनकुटाको हुलाकटोल क्षेत्र लगायत धनकुटा बजारमा आज धनकुटा उद्योग बाणिज्य संघले बजार अनुगमन गर्दै स्वास्थ्य तथा सुरक्षित समाग्रीहरु वितरण गरेको छ ।

धनकुटाको मुख्य व्यापारिक केन्द्र हुलाकटोल क्षेत्रका प्रत्येक पसल पसलमा धनकुटा उद्योग बाणिज्य संघका पदाधिकारी तथा सदस्यहरु गई बजार अनुगमन गर्दै सामाजिक दुरी अनिवार्य कायम गर्दै सावुन पानी तथा सेनिटाईजरले वारम्वार हात धुई माक्स लगाएर सामान विक्रि वितरण गर्न व्यापारी लाई अनुरोध गरेका छन ।

बजार अनुगमन तथा सुरक्षित स्वास्थ्य समाग्रीहरु धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई, वरिष्ठ उपाध्यक्ष मन कुमारी तिुतङ्ग, सचिव श्रीराम रायमाझी, कोषाध्यक्ष रुपेश श्रेष्ठ, कार्यकारी सदस्यहरु रेजिना पलिखे, रेवती प्रसाद दाहाल, अम्विका धमला, रिदम श्रेष्ठ, धनकुटा बजार व्यवस्थापन समितिका अध्यक्ष विप्लव श्रेष्ठ,धनकुटा अस्पताल विकास समितिका पूर्व अध्यक्ष सुनिल कुमार डंगोल,धनकुटा उद्योग बाणिज्य संघका पूर्व कोषाध्यक्ष शैलेसमान श्रेष्ठ लगायततले व्यावसायीहरुलाई वितरण गर्दै बजार अनुगमन गरेका थिए ।

सो अवसरमा धनकुटा उद्योग बाणिज्य संघका कार्यालय प्रमुख सिचन प्रधान,मनिस श्रेष्ठ, मुकेश राई, नवराज श्रेष्ठ लगायतको समेत सहभागिता थियो ।

धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले बजार अनुगमन तथा स्वास्थ्य र सुरक्षित समाग्रीहरु वितरण गर्दै प्रत्येक दिन विहान ६ बजे देखी ११ बजे सम्म र साझ ५ बजे देखी ७ बजे सम्म पसल खुल्ला गरी सुरक्षित ढंगले व्यावसाय संचालन गरी विक्रि वितरण गर्न आग्रह गरेका छन् ।