२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
गाउँ/समाज

लकडाउनको समयमा सरकार छैन कि क्याहो ! भन्दै बेलबारीमा युवाहरुको मौन जुलुस

Author Uttari Morang
सोमबार, आषाढ ०१, २०७७
लकडाउनको समयमा सरकार छैन कि क्याहो ! भन्दै बेलबारीमा युवाहरुको मौन जुलुस

काेडिभ १९ काेराेना भाईरस नियन्त्रणकाे क्षेत्रमा सरकारले काम गर्न नसकेकाे भन्दै युवाहरुले स्वास्थ्य मन्त्री भानुभक्त ढकालकै निर्वाचन क्षेत्रमा प्रदर्शन गरेका छन् ।

संयौंको संख्यामा उपस्थित युवाहरूले आइतबार  बेलबारीको मालपाेत चाैकदेखि सुरु गरेकाे र्याली पुरानाे बेलबारी पुगेर पुन नयांँ बेलबारीमा गएपछि ३० मिनेट उभिएर माैन प्रदर्शन गरेका थिए ।

विभिन्न नारा अंकित ब्यानर र राष्ट्रिय झण्डा बाेकेका युवाहरुले नक्साकाे लागि धन्यवाद सरकार, अब गराउ पिसिआर, कार्पेट हाेईन्, साेच बदलाै, सरकार जरिवाना सहित आएकाे छ, सरकारकाे सराेकार, कार्पेट कि पिसिआर, देश लुट्न पाईदैन्, क्वारेन्टाईनमा मान्छे थुपार्ने काेराेना सार्ने मान्छे मार्ने ?, १० अर्ब खाेई ? ओलि तिम्राे पाराले दुख पाए साराले जस्ता नारा लेखिएकाे प्ले कार्ड प्रदर्शन गरेका थिए । 

काेराेना भाईरसका कारण मुलुक समस्यामा परिरहेकाे बेला समेत सरकार भ्रष्टचारमा लिप्त भएको, काेराेना नियन्त्रणका लागि सरकारले प्रभावकारी भुमिका निर्वाह गर्न नसकेको र सरकार छ कि छैन भन्ने स्थिति देखिएकोले सचेत गराउन सरकार बिरुद्ध माैन प्रदर्शन गरिएकाे अभियन्ता मध्येका एक ऋषि राईले बताए । प्रदर्शनकारीहरुले एकै स्वरमा राष्ट्रिय गित पनि गाएका थिए ।