२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

लकडाउन अबधिको घरभाडा मिनाहा गर्ने हिलेका ४ दर्जन घरधनीहरु सम्मानित

Author Uttari Morang
बिहिबार, आषाढ ०४, २०७७
लकडाउन अबधिको घरभाडा मिनाहा गर्ने हिलेका ४ दर्जन घरधनीहरु सम्मानित

धनकुटाको व्यापारिक केन्द्र हिले बजारका घर भाडा छुट गर्ने घरधनीहरुलाई धनकुटा उद्योग बाणिज्य संघले सम्मान गरेको छ ।

कोरोना भाईरसलाई नियन्त्रण गर्न सरकारले लगाएको लक डाउनको समयमा व्यापार व्यावसाय वन्द भै संकटमा परेका धनकुटाका व्यापारीहरुलाई घर भाडा मिनाहा गर्ने ४७ जना घरधनीहरुलाइ दोसल्ला तथा खादा ओढाएर धनकुटा उद्योग बाणिज्य संघले सम्मान गरेको हो ।

घर भाडा मिनाहा गरी सम्मानित हुने घरधनीहरुमा हिले बजारका कृष्णराज जोशी, लक्ष्मी जोशी, धन वहादुर मोक्तान, बिष्णु मोक्तान, जंग क्षेत्री, छेकु तामाङ्ग, दिपेन्द्र काकी, होम वहादुर गोङ्देन, किरण कुमार शाक्य, बाल कुमार समाल, केशर वहादुर थापा, सोम राना, राम वहादुर बमजन, सुवेश योञ्जन, वीर वहादुर बयलकोटी, रुकमान तामाङ्ग, जयन्ती बमजन छन् ।

यसैगरी हिले बजारकै बाल कुमार समाल, देवेन्द्र विक, रविन्द्र कुमार तामाङ्ग, बल वहादुर दर्नाल, सुमित्रा बरुवाल, यादव तिरुवा, मान वहादर बरदेवा, शोभा योञ्जन, रविन्द्र योजञ्जन, हिले बजारकै धनकुटा उद्योग बाणिज्य संघका निर्वतमान अध्यक्ष उमेश घिमिरे, पूर्व अध्यक्ष लालचन्द्र गोङ्वा तामाङ्ग, उपाध्यक्ष खगेन्द्र कुमार विष्ट, हिले बाजर व्यवस्थापन समितिका अध्यक्ष बुद्ध तिुतङ्ग, अमित लो तामाङ्ग, बल बहादुर योञ्जन, मैता सिंह घिसिङ्ग, शुभ चन्द्र मोक्तान, निर वहादुर तामाङ्ग, लक्ष्मी लामीछाने, केशव कुमार श्रेष्ठ, थाम वहादुर लिम्बु, इश्वर घिमिरे, गंगा न्यौपाने, पूर्ण वहादर मगर, ठगेन्द्र कुमार लिम्बु, कुमार राई, नगेन्द्र पाण्डे, नरहरी गोङदेन, एम वहादर लुङगेली, पूर्ण वहादुर मगर,वि वि तितुङ्ग ,अमर श्रेष्ठ, तिलक कार्की, सुवेश योञ्जन एल बि मगर लगायत हिले बजारका थप ६२ जना मध्ये ४७ जनालाई सम्मान गरिएको र अरुलाइ पनि सम्मान गरिने  धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले वताए
।

धनकुटा, हिले, पाख्रिवास, सिधुवा, भेडेटार, जोरपाटी, मुलघाट, राजारानी, मौनावुधुक, छ नं. वुधवारे, रामबजार, जितपुर, थलथले बजार लगायत सवै बजार क्षेत्रका घर धनीहरुलाई घर भााडा मिनाहा गरी संकटमा परेका व्यापारी तथा ब्यबशायीहरुलाई सहयोग गरिदिन धनकुटा उद्योग बाणिज्य संघले सवै घरधनीहरुलाई आग्रह गर्दै घर भाडा मिनाहा गरी सहयोग गर्ने सवै घरधनीहरुलाई धन्यवाद समेत ज्ञापन गरेको छ ।