२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
गाउँ/समाज

इटहरी उपमहानगरद्वारा ७५ जना कृषकलाई कोरली गाई वितरण

Author Uttari Morang
बिहिबार, आषाढ ०४, २०७७
इटहरी उपमहानगरद्वारा ७५ जना कृषकलाई कोरली गाई वितरण

इटहरी उपमहानगरले ७५ जना कृषकलाई कोरली गाई वितरण गरेको छ ।

गाइपालन जोनका रुपमा निर्धारित १,२ र २० नम्वर वडाका ७५ जना कृषकलाई कोरली गाई वितरण गरिएको हो । विहान इटहरी २ का २५ जना कृषकलाई प्रमुख द्धारिकलाल चौधरी र उपप्रमुख लक्ष्मी गौतमले कोरली गाई वितरण गर्नुभयो ।

यसअघि नै अन्य दुईवडाका पचास जना कृषकलाई गाई वितरण गरिसकिएको छ । इटहरीलाई कृर्षिमा आत्मनिर्भर वनाउने अभियान अन्र्तगत कोरली गाई वितरण गरिएको प्रमुख चौधरीले वताउनुभयो । कोरली गाई वितरण गरिएका ७५ जना कृषकलाई गाईपालक कृषक वनाउने र यो अभियानलाई निरन्तरता दिएर इटहरीलाई दुधमा आत्मनिर्भर वनाउने उपमेयर गौतमले वताउनुभयो ।

विपन्न कृषकले कोरली गाई पाएपछि खुशी ब्यक्त गरेका छन । इटहरी २ की यशोदा दाहालले भन्नुभयो “किन्न सक्ने अवस्था थिएन उपमहानगरले कोरली गाई प्रदान गरेको छ खुशी लागेको छ उपमहानगरलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु ।” इटहरी २ की अनिल कुमारी राईले उपमहानगरले प्रदान गरेको गाईपालन गरेर आर्यआर्जन गर्न सकिने आशा पलाएको वताउनुभयो ।