२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
खबर

पहुँचवालाको हालिमुहाली झन् बढ्यो भन्दै प्रदेश सांसद लोक संग्रौलाको पिरलो

Author Uttari Morang
शुक्रबार, आषाढ ०५, २०७७
पहुँचवालाको हालिमुहाली झन् बढ्यो भन्दै प्रदेश सांसद लोक संग्रौलाको पिरलो

प्रदेश सांसद लोकप्रसाद संग्रौलाले पहुँचका भरमा मात्र काम बन्ने प्रवृत्ति बढ्दै गएको प्रति चिन्ता व्यक्त गरेका छन् ।

प्रदेश सभाको बिहिबार बसेको बैठकमा बोल्दै सांसद संग्रौलाले पहुँचका आधारमा सेटिङ मिलाएर काम गर्ने प्रवृत्ति बढ्दा बिनापहुँचका व्यक्तिहरु पीडित बन्नुपर्ने अवस्था सृजना भएको बताएका हुन् ।

‘प्रदेशमा पनि अहिले सेटिङ मिलाएका भरमा मात्र काम बन्ने प्रवृति बढेको छ ।’ कृषकको उदाहरण दिदै सांसद संग्रौलाले भने–‘जसको पहुँच छ, सेटिङ मिलाउँन सक्छ, उसले पैसा लान्छ । पहुँच नहुने वास्तविक किसान बाख्रा पालन गरेपनि, बंगुर पालन गरेपनि सेटिङ मिलाउँँन नसक्दा अनुदानबाट बञ्चित बन्ने स्थिती छ ।’ पहुँचवाला बनावटी किसानबाट सजग भई वास्तविक किसानलाई प्रदेश सरकारले राहत र प्रोत्साहनको व्यवस्था मिलाउँन उनले माग गरे ।

जताततै कमिसन र भ्रष्ट्राचार मौलाउँँदा मुलुकको अर्थतन्त्र ओरालो लागेको सांसद संग्रौलाले बताए । भ्रष्टाचारबिरुद्ध शून्यसहनसिलताको नारा कितावमा मात्र नभएर व्यवहारिक रुपमा पनि लागु गरेर प्रदेश सरकार अघि बढ्नुपर्नेमा उनले जोड दिए ।