२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

धनकुटामा साढे ३ सय जनाभन्दा बढी भए लकडाउनको घरभाडा छुट दिनेहरु

Author Uttari Morang
शनिबार, आषाढ १३, २०७७
धनकुटामा साढे ३ सय जनाभन्दा बढी भए लकडाउनको घरभाडा छुट दिनेहरु

धनकुटा उद्योग बाणिज्य संघले संचालन गरेको घर भाडा मिनाहा गराउने अभियानलाई साथ दिँदै धनकुटाका थप एक सय २४जनाले लकडाउन अबधिमा घर भाडा मिनाहा दिने घोषणा गरेका छन् ।

घरधनीहरुको लगत संकलन तथा सरुवा रोग विरुद्ध औषधी वितरण कार्यक्रममा  वडाध्यक्ष तथा धनकुटा अस्पताल विकास समितिका पूर्व अध्यक्ष सहित एक सय २४ जनाले घर भाडा मिनाहाको घोषणा गरेका हुन् ।

पछिल्लोपटक घरभाडा छुटको घोषणा गर्नेहरूमा  धनकुटा नगरपालिका वडा नं. ७ का वडाध्यक्ष तथा समाजसेवी जंग वहादृर राई, धनकुटा अस्पताल विकास समितिक पूर्व अध्यक्ष तथा यूवा समाजसेवी सुनिल कुमार डंगोल, राम डंगोल, शसिल डंगोल, वडा नं. ७ का वडा सदस्य सन्देश आडपहरिया, पुस्तकमाया राई, समाजसेवीहरु हर्क राई, बिना राई, रोशन श्रेष्ठ, अनिता श्रेष्ठ, इन्द्रराज उदास, समिर खान, नगेन्द्र श्रेष्ठ, प्रमिला जोशी, इश्वर श्रेष्ठ, निर्मला श्रेष्ठ, देव कुमार लिम्बु, प्रकाश श्रेष्ठ, शोभा श्रेष्ठ, इश्वर श्रेष्ठ, सकुन्तला श्रेष्ठ, शैलेस श्रेष्ठ, रुना प्रधान श्रेष्ठ छन् ।

त्यसेैैैैगरी धनकुटा नगरपालिका वडा नं. ६ भीम नारायण चौक सिरान बजारका समाजसेवी परेन्द्रलाल श्रेष्ठ, शशी श्रेष्ठ र वडा नं. ६ बिचबजारका समाजसेवी सुरेन्द्र बौधाचार्य, अम्विका बौधाचार्य, जिवन श्रेष्ठ, बिनिता श्रेष्ठ, प्रभा श्रेष्ठ, पिताम्वर शाक्य, अशिम शाक्य, स्वीकार श्रेष्ठ, विरेन्द्र श्रेष्ठ, टिका श्रेष्ठ, सागर श्रेष्ठ, सुवासचन्द्र जोशी, सुष्मा श्रेष्ठ, मदनकृष्ण श्रेष्ठ, गोपाल कृष्ण श्रेष्ठ, घनश्याम श्रेष्ठ, सिर्जना श्रेष्ठ र धनकुटा नगरपालिका वडा नं. ४ का गणेश प्रसाद फुयाल र धनकुटा नगरपालिका वडा नं. १ हिलेका शम्भु कटुवाल रहेको धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले वताए ।

धनकुटाबजार स्थित संगम टोलका समाजसेवी सावित्रिदेवी श्रेष्ठ, ज्ञान वहादुर कटुवाल, सिता कटुवाल,दिपेश राई, विष्णु मिश्र, शान्त मिश्र, बद्री प्रसाद पौडेल, विक्रम पौडेल, रेवत श्रेष्ठ, मुन्नी श्रेष्ठ, सुष्मा श्रेष्ठ र हिले बजारका समाजसेवी शम्भु कुटवाल लगायन २४ जनाले भाडा मिनाहा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

यस भन्दा अघि पनि धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई ,सुखकला राई धनकुटामा धनकुटा उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष धर्मलाल श्रेष्ठ,गिता श्रेष्ठ, लालचन्द्र गोङ्वा, उपाध्यक्ष खगेन्द्र विष्ट, चन्दा विष्ट सहित दुई सय भन्दा बढी घर धनीहरुले घर भाडा मिनाहा गर्नु भएको धनकुटा उद्योग बाणिज्य संघका कोषाध्यक्ष रुपेश श्रेष्ठले वताए ।