२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
कृषि/सहकारी

बेलबारी नगरपालिकाद्वारा किसानहरुलाई मिनिटिलर तथा मकै छोडाउने थ्रेसर बितरण

Author Uttari Morang
आइतबार, आषाढ १४, २०७७
बेलबारी नगरपालिकाद्वारा किसानहरुलाई मिनिटिलर तथा मकै छोडाउने थ्रेसर बितरण

मोरङको बेलबारी नगरपालिकाले नगर भित्रका किसानलाई मिनिटिलर तथा मकै छोडाउने थ्रेसर बितरण गरेको छ ।

कृषिलाई यान्त्रिकरण गर्दै कृषि उत्पादन तथा उत्पादकत्व बृद्धि गर्न सहयोग गर्ने उदेश्यले कृषक तथा समुहलाई अनुदानमा औजार बितरण गरिएको हो ।
बेलबारी नगरपालिकाको ५० प्रतिशत र कृषकको ५० प्रतिशत साझेदारीमा नगरभित्रका १६ जनालाई मकैछोडाउने थ्रेसर मेसिन तथा ५ जनालाई मिनिटिलर बितरण गरीएको नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बताए ।

नगरका विभिन्न वडाका कृषक समूह छनोट गरी खेतबारी जोत्ने मिनिट्रयाक्टर तथा थ्रेसर बितरण गरीएको हो ।
उनले एक वडा एक उत्पादन कार्यक्रम घोष्ण गरी कृषि जोनका रुपमा नगरलाई विकास गरीएकोले परम्परागत खेतिलाई आधुनिक खेतिमा रुपान्तरण गर्दै लगिएको नगर प्रमुख सुवेदीले बताए ।

केहि दिन अघि मात्रै सिचाइका लागि पानी तान्ने मोटरहरु नगरपालिकाले बितरण गरेको थियो ।