२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
गाउँ/समाज

बेलबारीमा अर्का एक जनामा पनि कोरोना संक्रमण पुष्ठी

Author Uttari Morang
सोमबार, आषाढ २२, २०७७
बेलबारीमा अर्का एक जनामा पनि कोरोना संक्रमण पुष्ठी

बेलबारीमा अर्का एक जनामा कोरोना संक्रमण देखिएको छ ।

भारतबाट आएर क्वारेन्टिनमा बस्दै आएका बेलबारी २ का ५० वर्षिय एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा भएको परिक्षणका क्रममा उनमा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित व्यक्तिलाई सुन्दरहरैँचा गोठगाउँ स्थित कोरोना उपचार केन्द्रको आइसोलेसन मा राखिएको बेलबारी नगरपालिका स्वास्थ्य शाखाका सन्तोस विश्वकर्माले जानकारी दिए ।

यस अघि भारतबाटै बेलबारी आएका एक युवकमा कोरोना संक्रमण पुष्टि भएको थियो । यो सँगै बेलबारीमा कोरोना संक्रमितको संख्या २ पुगेको छ ।