२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

ज्येष्ठ नागरिक सुन्दरहरैंचाको भवन निर्माणमा अनियमितताको आशंका, जेष्ठ नागरिकहरु नै असन्तुष्ट

Author Uttari Morang
शनिबार, साउन १०, २०७७
ज्येष्ठ नागरिक सुन्दरहरैंचाको भवन निर्माणमा अनियमितताको आशंका, जेष्ठ नागरिकहरु नै असन्तुष्ट

केशु विरही, सुन्दरहरँचा / मोरङको सुन्दरहरैंचा नगरपालिकामा निर्माणधीन जेष्ठ नागरिक भवन निर्माणकाे काममा आर्थिक अनियमितता भएको भन्दै जेष्ठ नागरिकहरुले नै आक्रोस व्यक्त गरेका छन ।

तराई मधेष समृद्धि कार्यक्रममार्फत वडा नम्बर ३ मा बन्दै गरेको जेष्ठ नागरिक भवनकाे विषयलाई लिएर उनीहरुले यसरी आक्रोस व्यक्त गरेका हुन ।

सुन्दरहरैंचा नगरपालिका ३ नं वार्ड कार्यालयकाे उत्तरपट्टी निर्माणाधीन जेष्ठ नागरिक भवन निर्माण गर्न नगरपालिकाले टेण्डर आह्वान गरी चैत्र २० गते सावना निर्माण सेवा दुहबीसँग सम्झौता भएर झण्डै निर्माण कार्य सम्पन्नताकाे अवस्थामा पुगेकाे छ ।

३२ लाख ६३ हजार ४ सय १९ अनुमानित लागत रहेको उक्त भवनकाे टेण्डरमार्फत सावना कम्पनीलाई २७ लाख ८५ हजार ८३७ मा ठेक्का परेको थियो ।

भवन निर्माणमा चरम लापरबाही भएको, कम लागतमा बन्ने भवन बढी लागतकाे स्टिमेट बनाएकाे भन्ने व्यापक जनगुनासो आएपछि बुधबार सुन्दरहरैँचा नगरपालिकाद्वारा अनुगमन समेत गरिएको छ ।

नगरपालिकाकी उपप्रमुख एवम नगरस्तरीय अनुगमन समितिका संयोजक रहेकी सुन्दरहरैँचा नगरपालिकाकी उपप्रमुख धनमाया तामाङले स्थानीय जनताकाे गुनासाे जायज रहेकाे बताउँदै याे प्राविधिक विषय भएकाेले यसलाई प्राविधिक हिसावले नै हेर्नु पर्ने बताउँछिन । तर उपप्रमुख तामाङ संझौता अनुसार काम नभएको पाइएमा ठेकदारकाे निकासा राेक्का हुने बताएकी छिन ।

काम सम्झाैता अनुसार नै भएकाे छ – प्राविधिक शाखा

स्थानीयहरुले संझाैता अनुसार काम नभएकाे, यसमा नगरपालिकाका कर्मचारीकाे मिलेमताेमा व्यापक भ्रष्टचार भएकाे अाराेप लागाईरहँदा प्राविधिक शाखाले भने यसकाे खण्डन गरेकाे छ ।

नगरपालिकाका सभ इन्जिनियर अम्बिका गुरागाई भवन निर्माणमा इष्टिमेट अनुसार काम भइरहेको बताउँछन् । अहिले काम पूर्ण भईनसकेकोे अवस्थामा जनमानसमा कामको विषयलाई लिएर जिज्ञासा तथा गुनासा हुनु स्वभाविककै रहे पनि बाहिर बजारमा हल्ला भएजस्ताे नभएर सम्झौता अनुरुप नै काम भएको दावी गर्छन ।

काम निर्माणाधीन अवस्था रहेकोले अहिले रनिङ विलको भुक्तानी मात्र दिएको, पछि योजना सम्पन्न भएपछि अनुगमन गरेर मात्र फस्स्र्योट गरिने हुँदा अहिले नै अनियमितता भयाे भनेर भन्न नमिल्ने र अनियमितता भयाे भन्नेहरुलाई सम्झाैता पत्र हेर्न अनुराेध गर्छन । उनी भन्छन- वास्तविक कुरा नवुझी अनुमानका भरमा सूचना बाहिर ल्याईदिँदा आफूहरुकाे चरित्र हत्या गर्ने काम भयाे ।”

के छ याेजना सम्झाैतामा ?

दुहबी, सुनसरीमा रहेकाे सावना निर्माण कम्पनीसँग याेजना सम्झौता भएकाे देखिन्छ । कम्पनी र नगरपालिका विच भएकाे सम्झाैतामा सुन्दरहरैँचा नगरपालिका वार्ड नं ३ मा जेष्ट नागरिककाे सिलिङसहितकाे जस्ताकाे छाना भएकाे ६ काेठे भवन निर्माण गर्ने उल्लेख गरिएकाे छ । भवनकाे दक्षिणपट्टी बरण्डा र भवनकाे पूर्वपट्टी साैचालय निर्माण गर्ने सम्झाैता भएकाे र साेही अनुसार काम भईरहेकाे देखिन्छ । कामकाे अवस्था हेर्दा निर्माण सम्पन्नताकाे अन्तिम चरणमा पुगेकाे देखिन्छ । अहिले सम्ममा ठेकेदार कम्पनीले २० लाख जति भुक्तानी समेत लगिसकेकाे बताईएकाे छ ।

जेष्ठ नागरिकले भवन जिम्मा नलिने  

नगरपालिकाले जेष्ठ नागरिककै लागि भनेर निर्माण गरिदिएकाे भवनमा जेष्ठनागरिक नै बढी वेखुसी देखिएका छन् ।

कमसल सामग्रीकाे प्रयाेग गरेर भवन कमजाेर भएकाे, छत ढलाई हुनुपर्नेमा जस्ताकाे छाना हालिएकाे, भवनकाे जग आवश्यक जति नउठाएकाे उनीहरुकाे आराेप छ ।

यी माथिका कारण देखाउँदै नवनिर्मित भवनकाे आफूहरु स्वामित्त लिन तयार नभएको जेष्ठनागरिक मन्च सुन्दरहरैँचाकी उपाध्यक्ष माया अधिकारी बताउँछिन ।उनी भन्छिन- जेष्ठ नागरिककाे भवन बनाईएकाे भनिएकाे छ तर याे भवन हामीलाई बस्नेगरी बनाईएकै छैन । भनिए अनुसार काम नभएकाेमा हामी सबै वेखुसी छाैँ ।”

वडालाई जानकारी नै दिईएन – वडाध्यक्ष ढुङ्गाना : वाडाकार्यालयसँगै जाेडिएकाे स्थानमा भवन बनिरहँदा आफूहरुलाई

औपचारिक रुपमा जानकारी नै नदिएकाे सुन्दरहरैँचा गरपालिका वार्ड नं ३ का अध्यक्ष जीवन ढुङगाना बताउँछन । ठेक्का प्रक्रियामार्फत भएका यस्ता काममा अनियमितताको आशंका गर्दै भवन निर्माणमा कागजी रुपमा मिलाईए पनि व्यवहारिक रुपमा भने प्रश्न गर्ने प्रसस्त ठाउँ रहेको अध्यक्ष ढुङ्गाना बताउँछन । यतिको भवन १८–१९ लाख सम्ममा तयार हुन सक्ने दावी गर्न समेत उनी पछि पर्दैनन् ।

उनी अाफूले ठेकेदारसँग पटक पटक स्टिमेट देखाउँन भन्दा पनि अटेर गरेकाे बताउँछन । ठेक्कामार्फत काम हुँदा अनियमितता हुने ठानेरै अाफूले उपभाेक्ता समितिमार्फत काम गराउँन नगरपालिकासँग अाग्रह गर्दा नगरपालिकाले विधि र प्रकृयाले नदिने भन्दै नमानेकाे अाराेप लाउँछन ।

जसका लागि भनेर भवन बनाईएकाे हाे उनीहरुले नै भवन ठिक भएन, भवन कमजाेरी भयाे, हामी याे भवनमा बस्दैनाैँ भनेर विराेध गर्नु पर्ने अवस्था अाउनु अाफैमा राम्राे कुरा हाेईन । साथै बाहिर बजारमा कर्मचारीकाे मिलेमताेमा व्यापक अनियमितता भनिएकाे छ । अहिलेकाे याे नागरिक सचेत भएकाे अवस्थामा कर्मचारीकाे एक्लाे संलग्नाताले मात्र भ्रष्टचारकाे अाशंका गर्ने ठाउँ पनि देखिदैन । स्थानीय सरकार यति शक्तिशाली हुने परिपाटीमा कर्मचारीकाे मात्र मिलेमताेमा अनियमितता भयाे भनेर स्थानीय सरकार उम्कन पाउँदै पाउदैन । यदि कसैले त्यसाे भन्छ भने अाफू पानी माथिकाे अाेभानाे बन्ने दाैड बाहेक केही हुन्न । तसर्थ याे विषयकाे अनुगमन गरेकाे सत्यतथ्य बाहिर ल्याउनु र यसमा देखिएका दाेशीलाई कानुनी कठघरामा उभ्याउँन जरुरि छ । अन्यथा जनतामा स्थानीय सरकारप्रतिकाे विश्वास नघट्ला भन्न सकिन्न ।