२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

धनकुटामा बाढी पहिरोको उपद्रो, दर्जनौं उद्योग ब्यबशाय तथा घरहरुमा क्षति, जताततै खतरा

Author Uttari Morang
बुधबार, साउन १४, २०७७
धनकुटामा बाढी पहिरोको उपद्रो, दर्जनौं उद्योग ब्यबशाय तथा घरहरुमा क्षति, जताततै खतरा

केही दिन अघिदेखि परेको अविरल बर्षाले पहिरो जांँदा धनकुटामा दर्जनौ उद्योग तथा ब्यबशायलाई क्षति पुगेको छ भने १ सय २७ घरहरु जोखिममा परेका छन्  ।

धनकुटा उद्योग बाणिज्य संघको टोलीले धनकुटा बजार र आसपास पहिरोबाट क्षती पु¥याएको क्षेत्रहरुको स्थलगत  अनुगमन गर्दा धनकुटामा त्यस्तो अबस्था देखिएको हो ।
पहिरोबाट पशुपती ग्रिल उद्योग धनकुटा, मिलन फर्निचर उद्योग, निशान ग्रिल उद्योग धनकुटा, कविता फलफुल प्रशोधन उद्योग, प्रकृती फुड प्रडक्सन उद्योग लगायत धनकुटा जिल्लाको एक जर्दन धन्दा बढी उद्योगहरु जोखिमा परेका छन् ।

पहिरोका कारण बरिष्ठ  साहित्यकार तुलसी दिवसको धनकुटा वडा नं. ६ स्थित सिरान बजारको घर चर्किएर जोखिम परेको छ । त्यसैगरी धनकुटा, हिले, पाख्रिवास, सिधुवा, साँगुरीगढी, पाख्रिवास, सहिदभुमी, चौविसे, छथरजोरपाटी, महालक्ष्मी नगरपालिका तथा गाउँपालिका तथा धनकटा बजार क्षेत्रका समेत  १ सय २७ जना व्यावसायीहरुको घरहरु पहिरोबाट जोखिममा परेको धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले वताए ।

अवरिल बर्षाका कारण गएको बाढी पहिरोबाट धनकुटामा संचालन साना उद्योगहरुलाई क्षती पुगेको र जर्दनौ पसलहरुलाई जोखिममा पारेकोले अहिले अनुगमन गरी लगत संकलन गर्ने कार्य भैरहेको धनकुटा उद्योग बाणिज्य संघका कार्यकारी सदस्य रेजिना पखिलेले वताए ।