२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

चार महिनामा पुर्वका ११ सयभन्दा बढीलाइ लाग्यो कोरोना, मोरङमा एकै परिवारका १४ जना संक्रमित

Author Uttari Morang
मंगलबार, साउन २०, २०७७
चार महिनामा पुर्वका ११ सयभन्दा बढीलाइ लाग्यो कोरोना, मोरङमा एकै परिवारका १४ जना संक्रमित

दुई तीन दिनयता प्रदेश नं १ मा ९ सय ५१ जनामा गरिएको पीसीआर परीक्षणमा १८ महिलासहित ५७ जनामा कोरोना देखिएको छ ।

सङ्क्रमण देखिएकामध्ये मोरङमा ४६, झापामा छ र सुनसरीमा पाँच जना रहेको प्रदेश १ को सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा. सुरेश मेहताले बताए । मोरङमा बिराटनगरका ६ महिलासहित २२, रङ्गेलीका ९ महिलासहित २२ र कटहरीका दुई महिलामा कोरोना देखिएको छ ।

पछिल्लो २४ घण्टामा मोरङमा थप २२ जनामा कोरोना भाइरसको संक्रमण  देखिएको हो ।
कोसी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा २२ जनामा कोरोना पोजिटिभ देखिएको हो । संक्रमित सबै रंगेली नगरपालिकाका हुन् । २२ मध्ये १४ जना एकै परिवारका रहेको नगरपालिकाका प्रशासकीय अधिकृत टोमप्रसाद सुवेदीले बताए  ।
एकै पटक २२ जनामा संक्रमण पुष्टि भएपछि नगरपालिकाले रंगेली बजार क्षेत्र अनिश्चितकालका लागि सिल गरेको छ ।

यसैबीच कोशी अञ्चल अस्पतालमा उपचाररत बिराटनगरमा ७७ बर्षका एक वृद्धको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । ती वृद्धको परिचय खुलाइएको छैन ।

त्यसैगरी झापाको अर्जुनधाराका पाँच र  विर्तामोडकी एक महिलामा पनि कोरोना पुष्टि भएको छ ।  सुनसरीको इटहरीका तीन, धरान र इनरुवामा एक/एक जनाको रिपोर्ट पोजिटिभ आएको प्रवक्ता डा.मेहताले जानकारी दिए  ।

हालसम्म प्रदेश १ मा सङ्क्रमितको सङ्ख्या एक हजार एक सय २८ पुगेको छ । जसमध्ये निको हुने सङ्क्रमितको सङ्ख्या ८ सय २९ पुगेको छ । प्रदेशमा हालसम्म ४५ हजार ७ सय ७१ जनाको पीसीआर परीक्षण भइसकेको छ ।