२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
गाउँ/समाज

ड्रीमल्याण्ड फनद्वारा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र संचारकर्मीहरुलाई माक्स तथा फेस शिल्ड बितरण

Author Uttari Morang
शुक्रबार, साउन ३०, २०७७
ड्रीमल्याण्ड फनद्वारा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र संचारकर्मीहरुलाई माक्स तथा फेस शिल्ड बितरण

ड्रीमल्याण्ड फन प्रा.लि. ले फन्टलाईनमा रहेर काम गर्ने बेलबारी नगर क्षेत्रमा रहेेेका, जनपद प्रहरी, शसस्त्र प्रहरी, ट्राफिक प्रहरी लगायत स्वास्थ्यकर्मी तथा संचारकर्मीहरुलाई माक्स तथा अनुहार छोप्ने फेस शिल्ड बितरण गरेको छ ।

ड्रीमल्याण्ड फन प्रा.लि. का संचालक बिजय सुवेदीले शुक्रबार इलाका प्रहरी कार्यालय बेलबारी,  प्रहरी चौकी भाउन्ने, शशस्त्र प्रहरी बल लक्ष्मीमार्ग लगायत स्वास्थ्य चौकी, मेडिकल तथा फार्मेसी  लगायतका संघ संस्थाका सञ्चालक, स्टाफ तथा फन्टलाईनमा काम गर्ने ब्यक्ति तथा संंघ संस्थाहरुलाइ स्वास्थ्य सुरक्षा सामग्री बितरण गरेका हुन्  ।                                                                                 समाजमा कोरोनाको महामारी फैैैैलिरहेको बेला फन्ट लाइनमा रहेर समाजका लागि कााम गर्नेहरुको लागि पर्याप्त स्वास्थ्य सुरक्षा  सामग्री नभएकोले  सामाजिक दायित्व बोध गरी माक्स र फेस शिल्ड बितरण गरिएको ड्रीमल्याण्ड फन प्रा.लि. का सञ्चालक बिजय सुवेदीले बताए ।                                                                   स्वास्थ्य सुरक्षा अभियान अन्तरगत शुक्रबार चार सयभन्दा बढी माक्र्स र फेस  शिल्ड बितरण गरिएको उनले बताए ।  फनपार्कले यसअघि ८ सयभन्दा बढी सर्वसाधारणलाइ पार्कको गेेट अगाडि माक्र्स बितरण गरेको थियो । सुवेदीले स्वास्थ्य सुरक्षा अभियान   सञ्चालन गर्न विभिन्न ब्यक्ति तथा संंघ संंस्थाहरुलाइ अपिल गरेका छन् ।