२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
गाउँ/समाज

धनकुटामा कोरोनाबाट हालसम्म डेढ दर्जन संक्रमित, सचेत र सतर्क रहन उद्योग बाणिज्य संंघको अपील

Author Uttari Morang
सोमबार, भाद्र ०१, २०७७
धनकुटामा कोरोनाबाट हालसम्म डेढ दर्जन संक्रमित, सचेत र सतर्क रहन उद्योग बाणिज्य संंघको अपील

 दिन प्रतिदिन फैलदै गएको कोरोना भाईरस समुदाय स्तरमा फैलन सक्ने खतरा भएको भन्दै पूर्ण रुपमा लकडाउनको पालना गर्न धनकुटा उद्योग बाणिज्य संघले आग्रह गरेको छ ।
धनकुटा जिल्लामा समुदायस्तरमा समेत  कोरोना भाईरस फैलन सक्ने खतरा तिव्र रुपमा बढ्दै गएको जनाउँदै संंघले जिल्ला प्रशासन कार्यालय धनकुटाले जारी गरेको लक डाउन तथा निषेधाज्ञाको पूर्ण रुपमा पालना गर्न आव्हान  गरेको हो । संघका अध्यक्ष विजय सन्तोषी राईले प्रकाशित गरेको प्रेस विज्ञप्तीमा सुरक्षित र संयमित रहन सम्पूर्ण उद्योगी, व्यापारी तथा व्यावसायी  लगायत समस्त जिल्लावासीहरुमा आव्हान गरिएको छ ।
जीवन रहे मात्र केहि गर्न सकिने भन्दै आ–आफ्नो स्वास्थ्यलाई पहिलो प्राथमिकता दिन समेत सबैलाई धनकुटा उद्योग बाणिाज्य संघले विज्ञप्ती मार्फत आग्रह गरेको छ ।                                                  धनकुटामा खाद्यान्न तथा तरकारी पसलहरु प्रत्येक दिन विहान ७ देखि १० बजेसम्म र साझ ५ बजेदेखि ७ बजेसम्म खुल्ला रहने भएकाले सो समयमा अनिवार्य रुपमा माक्स लगाएर तथा  सेनिटाइजर वा सावुन पानीले बारम्वार हात धोएर सुरक्षित ढंगले खरिद बिक्री गर्न समेत संंघलेे आग्रह गरेको छ ।
धनकुटा जिल्लामा हालसम्म १८ जनालाई कोरोना भाईरस पुष्ठी भैसकेको छ ।