२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

थाहा छ ? सदस्यता र नविकरण शुल्कमा आधा छुट दिने भो नि धनकुटा उद्योग बाणिज्य संघले

Author Uttari Morang
मंगलबार, भाद्र ०२, २०७७
थाहा छ ? सदस्यता र नविकरण शुल्कमा आधा छुट दिने भो नि धनकुटा उद्योग बाणिज्य संघले

लकडाउनका कारण उद्योग,व्यापार व्यावसाय धारासायी बन्दै गएको र व्यावसायीहरु चरम आर्थिक संकटमा परेका भन्दै धनकुटा उद्योग बाणिज्य संघले सदस्यता नविकरण शुल्कमा पचास प्रतिशत छुट दिने निर्णय गरेको छ ।
धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई र महासचिव राम वहादुर गोङ्वा तामाङ्गद्धारा जारी विज्ञप्तीमा कोरोना भाईरसलाई नियन्त्रण गर्न सरकारले लगाएको लक डाउनका कारण पूर्ण रुपमा व्यावसाय संचालन हुन नसक्दा उद्योगी, व्यापारी तथा व्यावसायीहरु चरम आर्थिक मारमा परेकाले संघको सदस्यता नविकरणमा पचास प्रतिशत छुट दिने निर्णय गरेको उल्लेख गरिएको छ ।
लक डाउनका कारण थलिएका व्यावसायीहरुलाई सरकारले आकष्मिक कर्जा, सहुलियत कर्जा लगायतका कर्जा उपलब्ध गराउनुपर्नेे  विज्ञप्तीमा उल्लेख गरिएको छ ।
सरकारले पनि प्यानमा दर्ता भएका साना व्यावसायीहरुलाई ७५ प्रतिशत सम्म छुट दिएको र प्यानमा दर्ता गरी लामो समय अघिदेखि नविकरण नगरेका र प्यानमा दर्ता नगरी व्यावसाय संचालन गरिरहेका व्यावसायीहरुलाई पनि नविकरण र करमा दर्ता गर्नका लागि विशेष छुट दिईएकोले समयमै उक्त अवसरको फाइदा लिन समेत सो विज्ञप्ती मार्फत संघले आग्रह गरेको छ ।
कोरोना भाईरस तिव्र रुपमा महामारीको रुपमा समुदया स्तरमा नै फैलदै गएकोले सुरक्षित साथ व्यापार व्यवसाय संचालन गर्न समेत संघले उद्योगी, व्यापारी तथा व्यवसायीहरुलाई अपिल गरेको छ ।