२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
गाउँ/समाज

पुर्पक्षका लागि जेल गए केराबारी गाउँपालिकाका अध्यक्ष रोहित कार्कीलाई खुकुरी प्रहार गर्ने ‘भाले’

Author Uttari Morang
बिहिबार, भाद्र ०४, २०७७
पुर्पक्षका लागि जेल गए केराबारी गाउँपालिकाका अध्यक्ष रोहित कार्कीलाई खुकुरी प्रहार गर्ने ‘भाले’

मोरङ केराबारी गाउँपालिकाका अध्यक्ष रोहित कार्कीलाई खुकुरी प्रहार गर्ने मान्छेलाइ अदालतले पुर्पक्षका लागि जेल पठाइदिएको छ ।

खुकुरी प्रहार गर्ने केराबारी १० का ३४ वर्षे भवन ठकुरी (भाले) लाई जिल्ला अदालत मोरङले मंगलबार पूर्पक्षको लागि थुनामा राख्ने आदेश दिएको हो ।

जिल्ला अदालत मोरङका न्यायाधीश कृष्णमुरारी शिवकोटीको इजालशले ठकुरीलाई पूर्पक्षको लागि थुनामा राख्ने आदेश दिएपछि  ठकुरी विराटनगरस्थित मोरङ कारागार चलान भएका छन् ।

गाउँपालिकाले लगाउने पटके कर ठेक्काको म्याद नथपेको भन्दै ठकुरीले अध्यक्ष कार्कीमाथि साउन २ गते गाउँपालिको कार्यालयमै  आक्रमण गरेका थिए । ठकुरीले शुरुमा आफैंले ल्याएको चक्कु र पछि सेक्युरिटी गार्डको खुकुरी खोसेर प्रहार गरी अध्यक्षलाइ घाइते बनाएका थिए । आर्थिक वर्ष २०७६/०७७  को असार मसान्तसम्म पटके सवारी कर उठाउने ठेक्का ठकुरी आवद्ध खदम कन्स्ट्रक्सनले पाएको थियो ।

असार १२ उक्त ठेक्का केरावारी गाउँपालिका आफैले गर्ने सूचना  प्रकाशित गरी साउन १ गतेबाट ठकुरीको ठेक्का सम्झौता सकिएपश्चात गाउँपालिकाले आफैले पटके कर उठाउन थालेको थियो । लकडाउनका कारण घाटा भएको भन्दै ठकुरीले म्याद थप गर्नुपर्ने माग गरेका थिए । तर म्याद थप नभएपछि आक्रमण भएको थियो ।