२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

इटहरीमा सय वेडको आइसोलेसन निर्माण हुँदै, प्रदेश सरकारले दियो २० लाख

Author Uttari Morang
मंगलबार, भाद्र १६, २०७७
इटहरीमा सय वेडको आइसोलेसन निर्माण हुँदै, प्रदेश सरकारले दियो २० लाख

इटहरीमा सय वेडको आइसोलेसन निर्माणलाई तिव्रता दिइने भएको छ ।                                                                                         उपमहानगरका प्रमुख द्वारिकलाल चौधरीको अध्यक्षतामा सुनसरीका प्रमुख जिल्ला अधिकारी,प्रहरी प्रमुख, शशस्त्र र नेपाली सेनाका प्रतिनिधि, उद्योग वाणिज्य संघ समेतको उपस्थितिमा वसेको वैठकले इटहरी ९ रंगशालामा निर्माण भइरहेको आइसोलेसनलाई चाडै संचालनमा ल्याउने गरी काम गरिने निर्णय भएको हो ।                                                                         इटहरीमा समेत संक्रमित वढदै गएकाले लक्षण नदेखिएका संक्रमितहरुलाई राख्नका लागि आइसोलेसन निर्माण थालिएको हो । आइसोलेसन निर्माणका लागि प्रदेश सरकारले २० लाख सहयोग गरेको छ । खानेपानी, विद्युत कार्यालय लगायतका विभिन्न निकायहरुको सहयोगमा खानेपानी र विद्युतिकरणको कार्य भइरहेको छ । आइसोलेसन निर्माण र संचालनमा ठूलो खर्च आवश्यक हुने भएकाले विभिन्न संघसंस्था र दाताहरुसँग सहयोगको आग्रह गरिएको छ ।                                                                उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भीम पौडेलले उद्योग वाणिज्य संघको तर्फवाट तीन महिनाका लागि खादयान्न समाग्री सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो । गोर्खा वेलफेयरले पाँचसय लिटर क्षमताको पानी टंयाङ्गकी जडान गरिदिएको छ ।                                       आइसोलेसन संचालनका लागि प्रमुख द्वारिकलाल चौधरीको अध्यक्षतामा मुल ब्यवस्थापन समिति निर्माण गरिएको छ । यसैगरी वडाध्यक्षहरु भूपेन्द्र वरालको संयोजकत्वमा वडाध्यक्षहरु चन्द्र भटटराई, दिपक गौतम, शिव नारायण चौधरी, मणिराम श्रेष्ठ र कार्यपालिका सदस्य गौरी परियार, उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भीम पौडेल, महासचिव पिताम्वर पोखरेल र उपमहानगरका कर्मचारी महेश सुवेदी सदस्य सचिव रहेको उपसमिति गठन गर्ने निर्णय भएको छ । यसअघिनै शिक्षा शाखाका अधिकृत फाल्गुनी काफले संयोजकत्वको निर्माण समिति सक्रिय छ ।