२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

धनकुटामा हट्यो लकडाउन तथा निषेधाज्ञा

Author Uttari Morang
मंगलबार, भाद्र २३, २०७७
धनकुटामा हट्यो लकडाउन तथा निषेधाज्ञा

धनकुटामा सोमबार रातीदेखि लकडाउन तथा निशेधाज्ञा हटेको छ ।
जिल्ला स्तरीय क्राईसिज मेनेजमेन्ट कमिटिको बैठकले सिफारिस अनुसार प्रमुख जिल्ला अधिकारी केशव प्रसाद विमलीले आदेश जारी गर्दै जारी लक डाउन तथा निशेधाज्ञा हटाएका हुुन् ।
समुदाय स्तरमा धनकुटामा कोरोना भाईरस फलदै गएकाले यसलाई नियन्त्रण गर्न पछिल्लो पटक धनकुटामा चार हप्ता अघिदेखि लगाउंँदै आएको लक डाउन तथा निशेधाज्ञालाई जिल्ला स्तरीय सिसि एम सिको बैठक हटाउने सिफारिस गरेको सहायक प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठले वताए ।
लकडाउन तथा निशेधाज्ञा हटेसंगै भाद्र २३ गते देखि अव नियमित रुपमा प्रत्येक दिन विहान देखी सांँझसम्म धनकुटा जिल्लामा निरन्तर  व्यापार ,व्यावसाय संचालन हुने धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले वताए।
लकडाउन तथा निशेधाज्ञ हटेपनि धनकुटा जिल्लामा विद्यालय,क्याम्पस संचालन गर्न नपाईने, हाट बजार, सभा सम्मेलन,भेला अन्र्तक्रिया,गोष्टी बैठकहरु भने संचालन गर्न नपाईने जिल्ला प्रशासन कार्यालय धनकुटाले जनाएको छ ।
धनकुटा जिल्ला भित्र आन्तरीक रुपमा क्षमताको आधा यात्रु राखेर मात्र सामाजिक दुरी कार्यम गर्दै यातायात संचालन गर्ने पाउने जिल्ला प्रशासन कार्यालय धनकुटाले जनाएको छ ।
निरन्तरको लक डाउन तथा निशेधाज्ञका कारण व्यापार व्यावसाय ठप्प हुदा चरम आर्थिक संकट भै व्यावसायीहरुले घर भाडा तिर्न नसकेको, बैको ऋणको किस्ता बुझाउन नसकेको र घर व्यवहार संचालन गर्न समेत ठूलो कठिनाई भएकोले तत्काल लक डाउन तथा निशेधाज्ञ हटाई ब्यापार व्यावसाय संचालन गर्ने वातावारण बनाई दिन माग गर्दै धनकुटा उद्योग बाणिज्य संघले धनकुटाका प्रमुख जिल्ला अधिकारीलाई पत्र बुझाएको थियो ।
सामाजिक दुरी कायम गरी माक्स लगाएर सेनिटाईजर तथा सावुन पानीले वारम्वार हात धुएर सवै सुरक्षा विधि अवलम्वन गर्दै दैनिक व्यापार व्यावसाय संचालन गर्न समेत धनकुटा उद्योग बाणिज्य संघले आग्रह गरेको छ ।