२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
खबर

नोबेल अस्पतालका सबै उपचार सेवा सुचारु, फेरि बढ्न थाल्यो बिरामीको चाप

Author Uttari Morang
बिहिबार, भाद्र २५, २०७७
नोबेल अस्पतालका सबै उपचार सेवा सुचारु, फेरि  बढ्न थाल्यो बिरामीको चाप

पाँच महिना भन्दा बढीको बन्दाबन्दीपछि बिराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा अहिले पुनः बिरामीको चाप बढ्न थालेको छ । कोरोना संक्रमण बढेसँगै देशभर र जिल्ला–जिल्लामा बेग्ला बेग्लै गरिएको लकडाउन र निषेधाज्ञाका कारण अस्पतालमा बिरामीको संख्या न्यून थियो ।

सरकारले देशभर गरेको लकडाउन खुलाउँनुका साथै जिल्ला जिल्लाको निषेधाज्ञा पनि खुल्ने क्रम बढेपछि अस्पतालमा बिरामीको चाप बढ्न थालेको नोबेल मेडिकल कलेजका प्रिन्सिपल डा.रामहरी घिमिरेले जानकारी दिए । ‘कोरोना संक्रमणका कारण केही समय अघि अस्पतालको सेवा पनि प्रभावित भएको थियो ।’ डा.घिमिरेले भने–‘अहिले लकडाउन, निषेधाज्ञा पनि खुलेको र अस्पतालको पनि सबै सेवा सुचारु भएपछि बिरामीको संख्या निकै बढेको छ ।’

निजी क्षेत्रबाट सञ्चालित पूर्वी नेपालको सबैभन्दा ठूलो र स्तरीय अस्पताल मानिने नोबेलमा कोरोना संक्रमणका कारण केही दिन सेवा प्रभावित भएको थियो । तर, अहिले अस्पतालका सम्पूर्ण उपचार सेवा सूचारु भएको छ । ओपीडी र ईमर्जेन्सीबाट सबै उपचार सेवा सुचारु भएपछि बिभिन्न जिल्लाबाट बिरामी आउँने क्रम बढ्न थालेको हो । नोेबेल अस्पतालले कोरोनाको जोखिम न्यूनिकरण गर्न उच्च सावधानी अपनाएर उपचार गर्ने वातावरण मिलाएको छ । अस्पतालभित्र बिरामीको भीड व्यवस्थापन गर्न सुरक्षागार्डको तैनाथी बढाउँनुका साथै अनिवार्य रुपमा माक्स र सेनिटाईजर प्रयोगमा कडाई गरिएको नोबेल शिक्षण अस्पतालले जनाएको छ ।