२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
गाउँ/समाज

काेराेनाकाे त्रासबिच पठनपाठन सुचारु गर्दै केराबारीकाे बुद्ध मावि, तयारी गर्दै केही स्कुलहरु

Author Uttari Morang
आइतबार, आश्विन ११, २०७७
काेराेनाकाे त्रासबिच पठनपाठन सुचारु गर्दै केराबारीकाे बुद्ध मावि, तयारी गर्दै केही स्कुलहरु

केशु विरही, केराबारी, माेरङ/ काेराेनाकाे त्रासले गर्दा देशैभर अब के गर्ने, विद्यालय कसरी संचालन गर्ने भन्ने अन्याेल रहिरहेकाे बेलामा केराबारी ९ देविझाेडामा रहेकाे एउटा विद्यालयले गत पठनपाठन शुरु गरेको छ ।
केराबारी गाउँपालिका वाड नम्बर ९ देविझाेडामा रहेकाे बुद्ध माविले भने स्वास्थ्य मन्त्रालयले जारी गरेकाे सुरक्षा मापदण्ड पालना गरेर विद्यालय संचालन गर्न थालेकाे हाे ।
लामाे समयदेखि विद्यालय नलाग्दा बालबालिकाकाे भविष्य के हाेला,  विद्यालय कहिले लाग्ला भन्ने अन्याेल रहेकै बेलामा विद्यालय लागेपछि विद्यार्थीहरु खुसी देखिएका छन् ।

विद्यालयकाे क्याचमेन एरिया देविझाेडा मात्र रहेकाेले बाहिरका विद्यार्थी त्यहाँ आउने सम्भावना नरहेकाेले बाहिर घरमाभन्दा विद्यालयमै बालबालिकाहरु सुरक्षित रहने हुनाले विद्यालय खाेल्नु नै उपयुक्त ठानेकाे विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भूपालमान कार्की बताउंँछन् । यद्यपि विद्यालयमै विद्यार्थी ल्याएर पठनपाठन सुरु गर्ने वारेमा भने गाउँपालिकाबाट अनुमति भने नलिएकाे अध्यक्ष कार्की बताउंँछन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्षले त्यसाे भने पनि विद्यालयका प्रधानाध्यापक छविलाल धमला भने विद्यालय खाेल्नुपूर्व शिक्षा समिति, अभिभावकहरुसँग सल्लाह गरेर काम गरेकाे बताउँछन् ।                                 विद्यालयका प्रधानाध्यापक धमलाका अनुसार विद्यालयले सबै विद्यार्थीलाई, माक्स तथा फेसशिल्डलाई अनिवार्य गरेकाे छ । विद्यार्थीलाई नियमित रुपमा सावुन पानीले हात धुने व्यवस्था समेत गरेकाेले काेराेनाबाड सुरक्षित रहनेमा ढुक्क हुन आग्रह गर्छन ।

चार सय पचास जना विद्यार्थी रहेकाे विद्यालयमा भिडभाड नहाेस भनेर कक्षा तीनदेखि मुनिका विद्यार्थीलाई विद्यालयमा बाेलाएकाे छैन । उनीहरुलाई टाेलटाेलमै पढ्ने व्यवस्था गरिएकाे, विद्यालयमा आउनेकालागि पनि हप्तामा दुईदिन मात्र पालाे पर्ने गरी रुटिनकाे व्यवस्था गरिएकाेले विद्यालयमा भिडभाड पनि नहुने र काेराेनाकाे त्रास नरहने विद्यालयका प्र.अ. काे तर्क रहेकाे छ ।

विद्यालयले यसाे भने पनि अभिभावक भने अन्याेलकै विच नानीहरु पठाउन आंट गरेकाे रहेकाे बताउंँछन् । घरमा बस्दा पनि नानीहरु बाटाे, बजारतिर गैरहने हुँनाले घरमाभन्दा विद्यालयमै नानीहरु सुरक्षित हुने कुरामा सहमति जनाउंँछन् ।

सुरक्षाकाे मापदण्ड पूर्ण रुपमा अपनाईएकाे हुनाले आफूहरु ढुक्क भएर विद्यालय आउने गरेकाे कक्षा १० मा अध्ययनरत छात्रा दुर्गा बराल बताउंँछिन । छात्रा बराल आफुहरु नियमित रुपमा सावुन पानीले हात धाेईरहेकाे, फेसशिल्ड र माक्स नियमित रुपमा लगाएरै पढिरहेकाे बताउँछिन् ।                                                             यसैबीच केराबारी ९ मै रहेको गोपाल मेमोरियल बोर्डिङ स्कुलले पनि आइतबारदेखि पढाइ शुरु गर्ने निर्णय गरेको छ ।                                                     आइतबारदेखि पढाई सुचारु गर्न सबै विद्यार्थीहरुलाइ बोलाइएको र विद्यार्थीको राम्रो उपस्थिति भएमा पढाई सुचारु हुने संचालक प्रेम कार्कीले बताए ।                       त्यस्तै बेलबारीमा अबस्थित भानु शैक्षिक सार्वजनिक गूठीले पनि सोमबारदेखि पठनपाठन सुचारु गर्ने भएको छ ।                                   शनिबार भएको अभिभावक भेलाले निर्णय गरे अनुसार सोमबारदेखि पढाई सुचारु हुने विद्यालयले जनाएको छ ।