२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
कला/संस्कृति

विभिन्न कार्यक्रम सहित श्रष्टा समाज बेलबारीले गर्यो तेस्रो साधारणसभा

Author Uttari Morang
आइतबार, आश्विन ११, २०७७
विभिन्न कार्यक्रम सहित श्रष्टा समाज बेलबारीले गर्यो तेस्रो साधारणसभा

श्रष्टा समाज बेलबारीको तेस्रो साधारणसभा असोज १० गते शनिबार सम्पन्न भएको छ ।
बेलबारी २ स्थित शिक्षा सन्देश बोर्डिङ स्कुल पसरिसरमा साधारणसभा गरिएको हो । समाजका अध्यक्ष तथा पुुुर्व    सांंसद हर्कमान तामाङको अध्यक्षता र सचिब जेबी थुलुङको संचालनमा गरिएको साधारणसभामा प्रा.डा. बद्री बिशाल पोख्रेल प्रमुख अतिथि थिए ।
साधारणसभामा संविधानसभा सदस्य मधु गुरुङ, प्रा. डा. भिम खतिवडा, भाषाबिज्ञहरु प्रेमप्रसाद भट्टराई , मोहन प्रसाद काफ्ले, अमृत प्रसाद आचार्य, साहित्य श्रष्टाहरु इरन राई, रमेश कुमार तामाङ, दिपक न्यौपाने, मदन भण्डारी प्रतिष्ठानका सचिव डीपी राइ, बेलबारी जेसिजका अध्यक्ष राजेश खत्री लगायतका ब्यक्तिहरु अतिथिका रूपमा उपस्थित थिए ।
साधारणसभाबाट संस्थाका विभिन्न प्रतिबेदन प्रस्तुति तथा पारित समेत गरिएको छ । साधारणसभामा संस्था तथा संस्थाले संचालन गरेका कार्यक्रमलाई विभिन्न प्रकारका सहयोग गर्ने ब्यक्ति तथा संघ संस्थाहरुलाइ कदर पत्रले सम्मानित समेत गरिएको थियो । सोही अबसरमा संस्थाका आजिवन सदस्यहरुलाइ प्रमाणपत्र पनि दिइएको छ ।
त्यसैगरी सोही अबसरमा प्रा.डा. बद्री बिशाल पोख्रेल र
प्रा. डा. भिम खतिवडाले साहित्य लेखनबारे ज्ञान दिएका थिए । साधारणसभामै श्रष्टाहरु तिला लेकाली, हिरा खड्का, उमा सिजापति, सुमिस पोख्रेल, लक्ष्मी सुवेदी, लगायतले सिर्जना वाचन गरेका थिए ।