२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

बेलबारीमा असोज २३ गतेदेखि हुनेभो कक्षा ११ को परिक्षा

Author Uttari Morang
सोमबार, आश्विन १२, २०७७
बेलबारीमा असोज २३ गतेदेखि हुनेभो कक्षा ११ को परिक्षा

बेलबारी नगरपालिकाले असोज २३ गतेदेखि कक्षा ११ को परिक्षा संचालन गर्ने भएको छ ।                                   सोमवार बेलबारी नगरपालिका शिक्षाशाखाका प्रमुख भुपेन्द्र कोइरालाको अध्यक्षतामा बसेको बैठकले असोज २३ गते देखी २८ गते सम्म कक्षा ११ को परिक्षा संचालन गर्ने निर्णय गरेको हो । बैठकमा नगर क्षेत्र भित्र कक्षा ११ संचालन गरीरहेका सामुदायिक तथा संस्थागत बिद्यालयहरुका प्रद्यानाध्यापक तथा शिक्षकहरुको सहभागिता रहेको थियो ।                                                बैठकले परिक्षा संचालन गर्नका लागि एक समिति समेत गठन गरेको छ । गोबिन्द भन्डारीको संयोजक्तोमा ५ सदस्य समिति गठन गरेको हो । समितिको सदस्यमा खगेन्द्र लुइटेल, टेक नारायण शाहा, भुपाल बस्नेत, सदस्य रहेका छन भने सदस्य सचिवबमा नारायण कोइराला रहेका छन् ।                                                                   नगर क्षेत्र भित्र परिक्षामा ७ वटा सामुदायिक बिद्यालय र २ वटा सस्थागत बिद्यालयलका बिद्यार्थीले सहभागिता जनाउने शिक्षा शाखा अधिकृत भुपेन्द्र कोइरालाले बताए ।