२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

श्रीमान बिदेश हुँदा सुजाताले थालेको पशुपालन बन्यो राम्रो आम्दानी दिने ब्यबशाय

Author Uttari Morang
बुधबार, आश्विन १४, २०७७
श्रीमान बिदेश हुँदा सुजाताले थालेको पशुपालन बन्यो राम्रो आम्दानी दिने ब्यबशाय

केशु विरही, बेलबारी, माेरङ/ बेलबारी ६ यलम्बर टाेलकी सुजता खत्रीले एउटा गाईबाट सुरु गरेकाे पशुपालन व्यवसायले अहिले मनग्गे आम्दानी दिइरहेकाे छ‌ ।एउटा गाईबाट सुरु गरेकाे पशुपालन व्यवसायले उनलाई आम्दानी मात्र नभएर एउटा सफल कृषककाे परिचयसमेत दिलाएकाे छ ।

सुजता आफू मात्र याे पेसामा लागिनन् उनले १० वर्षसम्म विदेश बसेका आफ्ना श्रीमानलाई समेत घर फर्काएर यही व्यवसायमा लगाउन सफल भएकी छिन् । एउटा गाईबाट सुरु गरेकी सुजातासँग अहिले गाेठमा १५ माउ गाई रहेका छन् । उनले गाईकाे दुधबाट उनले मनग्गे आम्दानी लिईरहेकी छिन् ।

त्यसाे त उनकाे सक्षम कृषि फममा गाईका अतिरिक्त लाेकल कुखुरा, टर्की र बाेयर जातका बाेकासमेत रहेका छन । हाल उनकाे फममा ८ सय कुखुरा र त्यति नै सङ्ख्यामा टर्की छन् ।

पशुपाल तथा कृषि कर्ममा आफूहरुलाई वडा कार्यालयकाे सहयाेग रहेकाे सुजता बताउँछिन् । खत्री परिवारले आफूसँग भएकाे जमिनमा बहुवर्षे र सिजनल घाँसकाे खेतिसमेत गरिरहेका छन् । पशुपालन गरेरै आफूहरुले मासिक पचास हजारजति कमाइ गरेकाे उनीहरु बताउछन् ।  आफ्ना दाजुकाे प्रेरणाबाट याे पेसामा लागेकाे सुजाताले बताइन्  । उनका दाजुकाे वनिगाममा जयपति कृषि फम  छ । तर लकडाउनले गर्दा भने धेरै असर गरेकाे उन बताउछिन् ।

लामाे समय विदेश रहेका सन्देश खड्कालाई अहिले आफ्नै देशमा केही गर्न पाउँदा साह्रै खुसी लागेकाे छ । सुरुमा परम्परावादी शैलीमै गाई पालन गरे पनि पछिल्लाे समय भने आफूले आधुनिक तथा व्यवस्थित रुपमा गाईपालन गरेकाे बताउछन् ।

वैदेशिक राेजगारमा गएर कमाएकाे भन्दा आफ्नै परिवारसँग बसेर कमाएकाे रकमकाे बढी महत्व रहेकाे उनी बताउछन् ।

उनकाे कृषि फममा दुईजना मानिसले नियमित रुपमा राेजगार पाइरहेका छन् ।

सन्देशकी आमा पुन्यकला खत्री पनि छाेराले आफ्नै गाउँमा परिवारसँगै काम गरिरहेकामा खुसी छिन ।