२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

एभोकाडो खेतिलाइ व्यवसाय बनाउन धनकुटाका कृषक र ब्यबशायीहरु बिच छलफल

Author Uttari Morang
बिहिबार, आश्विन १५, २०७७
एभोकाडो खेतिलाइ व्यवसाय बनाउन धनकुटाका कृषक र ब्यबशायीहरु बिच छलफल

धनकुटाको उद्योग बाणिज्य संघको आयोजना र नेपाल सकार उद्योग बाणिज्य तथा आपूर्ती मंत्रालय ग्रामिण उद्यम तथा विप्रेषण आयोजना( समृद्धि) को प्राविधिक सहयोगमा धनकुटाको एभोकाडो व्यावसायको आपूर्ती श्रृखला सम्वद्ध वि टु वि र वि टु एस सम्वन्धी गोष्ठी भएको छ ।
धनकुटामा उत्पादन हुने एभोकाडोको बजारिकण गरी एभो काडो उत्पादनलाई अझ बृद्धी गर्ने उदेश्यले व्यवसायीहरु विचको सम्वन्ध तथा सम्पर्क बढाई बजारीकण गरी सप्लाई लाई सहजीकरण गर व्यापकता दिन आयोजना गरिएको गोष्ठीमा धनकुटाका एभोकाडो व्यावसायी र कृषकहरु सहभागी  थिए ।
धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईको अध्यक्षमा सम्पन्न भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष मन कुमारी तितुङ्ग तामाङ्गले स्वागत मन्तव्य ,कार्यकारी सदस्य रिदम श्रेष्ठ,उज्वल कर्माचार्यले कार्यक्रमको उदेश्यमाथि प्रकाश पार्नु भएको थियो भने कार्यक्रमको संचालन महासचिव राम वहादुर गोङ्वा तामाङ्गले गर्नु भएको थियो ।
धनकुटा जिल्लाका एभोकाडो उत्पादन कृषक तथा व्यावसायीहरु गरी २० जनाको सहभागीता रहेको उक्त कार्यक्रममा सहजिकरण धनकुटा उद्योग बाणिज्य संघका सचिव श्रीराम रायमाझी, कार्यकारी सदस्य उज्वल कर्माचार्य, कार्यालय सचिव सिचन प्रधानले गर्नु भएको थियो ।
सो अवसरमा एभोकाडो उत्पादन कृषकहरुले एभोकाडोमा विभिन्न किसिका रोगहरु देखा पर्न थालेको प्राविधिक सहयोग आवाश्यक भैरहेको वताउनु भयो भने व्यावसायीहरुले बजारको समस्या दिन प्रदिन बढ्दै गएकाले बजारीकरण गर्न सहयोग गर्न आग्रह गर्नु भयो ।
धनकुटामा एभोकाडो अत्यधिक उत्पादन हुने र धनकुटाको एभोकाडो मिठो र उत्कृष्ट हुने भएकाले धनकुटा नगरपालिकाले दुई बर्ष अघि धनकुटालाई एभोकाडोको राजधानी घोषणा गरेको थियो ।