२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
गाउँ/समाज

आपसी मनमुटावकै कारण अस्ट्रेलियाको जिलोङमा खोलियो अर्को नेपाली संस्था

Author Uttari Morang
शुक्रबार, आश्विन १६, २०७७
आपसी मनमुटावकै कारण अस्ट्रेलियाको जिलोङमा खोलियो अर्को नेपाली संस्था

मेलबर्नपछिको ठूलो शहर अस्ट्रेलियाको जिलोङमा  ग्रेटर जिलोङ नेपलिज कम्युनिटी नामक संस्था थपिएको  छ ।                                  वरिष्ठ बैज्ञानिक डा सन्तोष पाण्डेको      नेतृत्वमा रहेको संस्थाको सात सदस्यीय  कार्य समिति रहेको छ । आधिकारिक           रूपमा दर्ता समेत गरिएको संस्तथामा इन्जिनियर जीतेन गुरुङ  उपाध्यक्ष,  कुन्दन जोशी सचिब, श्रीमती उपासना        अमात्य   कोषाध्यक्ष छन् । सदस्यहरुमा निनु पुनस् मगर, लक्ष्मी अधििकारी,  इन्जिनियर कबिता  ज्ञवाली छन्।        यस संस्थामा जिलोङ नेपलिज       एसोशियसनसँग असन्तुष्ट ब्यक्तिहरु छन् ।

ग्रेटर जिलोङ नेपलिज कम्युनिटिमा २० जना  संस्थापक छन् । संस्थामा  हालसम्म ८०  भन्दा बढी साधारण सदस्य  छन । कोरोनाका कारण बैठकहरु बस्न समस्या  भएकोले १५ डिसेम्बर, २०१९ मा गठन  गरिएको यो संस्थालाई दर्ता गरेर  आधिकारिकता दिन ढिलाई भएको थियो ।               लकडाउन खुकुलो हुने बित्तिक्कै बैठक     बसी  संस्थालाई बिस्तार गर्ने र २०२१ को     पाको  महोत्सबमा नेपाल प्रबर्द्धन लगायतका  अन्य  सामाजिक कामलाई तिब्रता दिइने संंस्थाले जनाएको छ ।