२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
गाउँ/समाज

गाउँ–गाउँमा पुगेर स्वाब संकलन गर्दै नोबेल हस्पिटल

Author Uttari Morang
मंगलबार, आश्विन २७, २०७७
गाउँ–गाउँमा पुगेर स्वाब संकलन गर्दै नोबेल हस्पिटल

बिराटनगरस्थित नोबेल शिक्षण अस्पतालले कोरोना परीक्षणका लागि गाउँ–गाउँमा पुगेर स्वाब संकलन गर्ने भएको छ ।                      अस्पतालमा आउँनेहरुको मात्र स्वाब संकलन गरी पीसीआर परीक्षण गर्दै आएको नोबेलले अब सरकारी मापदण्ड अपनाउँदै गाउँँ–गाउँमा पुगेर पनि स्वाब लिने व्यवस्था मिलाएको हो ।

अस्पतालमा धेरै मान्छे भेला भएर स्वाब दिँदा संक्रमण फैलने सम्भावना बढी भएकाले आवश्यकता अनुसार ठाउँ–ठाउँमा पुगेर स्वाब संकलन गर्ने व्यवस्था मिलाईएको नोबेल अस्पतालका निर्देशक डा.राजेश नेपालले जानकारी दिए । ‘हामीले स्वाब संकलनका लागि बिशेषज्ञको बेग्लै टिमसहितको गाडी परिचालन गरेका छौ ।’ अस्पताल निर्देशक डा.नेपालले भने–‘आवश्यकता र माग अनुसार गाउँ घर अथवा कार्यालयमै पुगेर स्वाब लिने व्यवस्था मिलाएका छौ ।’ पालिका तथा वडाका जनप्रतिनिधिहरुले घुम्ती स्वाब संकलनका लागि आग्रह गरेकाले पनि यस्तो सुविधा उपलब्ध गराईएको डा.नेपाल बताउँछन् ।

अस्पतालले घुम्ती स्वाब संकलनको समन्वय र व्यवस्थापनका लागि अस्पताल प्रबन्धक नारायण दाहाललाई जिम्मेवारी तोकेको छ । गाउँ–गाउँमा पुगेर स्वाब संकलन गर्दा अतिरिक्त शुल्क नलाग्ने अस्पतालले जनाएको छ ।