२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
खबर

केएमसीमा दशैं विदामा पनि कोरोना परीक्षण, पीसीआर ल्याब २४ सैं घण्टा खुल्ने

Author Uttari Morang
शुक्रबार, कार्तिक ०७, २०७७
केएमसीमा दशैं विदामा पनि कोरोना परीक्षण, पीसीआर ल्याब २४ सैं घण्टा खुल्ने

काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले दशैं विदामा पनि पीसीआर परीक्षण गर्ने भएको छ ।                                            धेरैजसो पीसीआर ल्याबहरु दशैंका कारण शुक्रबारबाट बन्द भएको भएपनि केएमसीले भने दशैंको विदामा पनि कोरोना परीक्षण जारी राखेको हो ।

कोरोनाको महामारीका बेला पीसीआर परीक्षण रोकिँदा सर्वसाधरणलाई समस्या हुँने भएकाले दशैं विदामा पनि २४ सैं घण्टा पीसीआर ल्याब खुल्ला गर्ने व्यवस्था मिलाईएको काठमाडौं मेडिकल कलेजका अध्यक्ष डा.सुनिल शर्माले बताए । ‘अहिले जटिल अवस्था भएकाले दशैं बिदामा पनि पीसीआर परीक्षण नियमित गर्ने व्यवस्था मिलाएका छौं ।’ डा.शर्माले भने–‘२४ सैं घण्टा हाम्रो ल्याब खुल्ला हुन्छ । अहिले पनि धमाधम पीसीआर परीक्षण भईरहेको छ ।’

केएमसीको सिनामंगल र दुवाकोटका दुबै अस्पतालबाट स्वाब संकलन गरेर १ हजार ९ सय ९९ मा पीसीआर परीक्षण गरिदै आएको छ । गत असार १४ गतेबाट पीसीआर परीक्षण थालेको केएमसीले हालसम्म ३२ हजार भन्दा बढी स्वाब परीक्षण गरिसकेको छ ।