२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
कला/संस्कृति

सार्बजनिक भो जेबी थुलुङको गजल संग्रह ‘नथाक्ने मान्छे’

Author Uttari Morang
बुधबार, कार्तिक १२, २०७७
सार्बजनिक भो जेबी थुलुङको गजल संग्रह ‘नथाक्ने मान्छे’

साहित्यकार जेबी थुलुङको गजल संग्रह ‘नथाक्ने मान्छे’ सार्बजनिक भएको छ ।
मोरङ बेलबारी १ स्थित सांस्कृतिक भवनमा आयोजित कार्यक्रममा उनको गजलसंग्रह लोकार्पण गरिएको हो। पुर्व सांसद हर्कमान तामाङ, तत्कालिन संविधानसभा सदस्य मधु गुरुङ र बेलबारी नगरपालिकाकी उपमेयर तथा साहित्यकार ढाकाकुमारी पराजुलीले संयुक्त रुपमा सो संग्रह सार्वजनिक गरेका छन् ।
पुस्तकमा थुलुङले विभिन्न समयमा रचना गरेका गजलहरुलाई संग्रहित गरिएको  छ ।  नयाँ गजल तथा पत्रपत्रिकामा प्रकाशित तथा केही गजलहरु समेत गरी पुस्तकमा ६५ वटा गजल समावेश गरिएको छ ।                                           गजल तथा गीत रचना र संगितमा दख्खल राख्ने   थुलुुुङ शिक्षण पेशामा आबद्ध छन्  । उनले रचना गरेको गजल गीत ‘तिमी गयौ र यो दिल खाली भो’  गत बर्ष सार्वजनिक भएको थियो ।
गजल संग्रह भित्र विषयगत विविधता सहितका गजल रहेका र ति गजलमा देशको चिन्ता, कलाप्रतिको समर्पणदेखि व्यंग्य चेतनाको मिश्रण रहेको दिपक न्यौपानेले बताए । गजल लेखनको शास्त्रिय धार र शैलीभन्दा केही अलग रहँदै गजलकार थुलुङले गाउँबेसीको लोकधार र सांगितिक धारबाट प्रभावित भएर थुलुुुङले गजल रचना गरेको उनले बताए  ।