२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

नोबेल अस्पतालबाट निको भए तीन सय कोरोना संक्रमित

Author Uttari Morang
आइतबार, कार्तिक ३०, २०७७
नोबेल अस्पतालबाट निको भए तीन सय कोरोना संक्रमित

बिराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचार पश्चात करिब तीन सय कोरोना संक्रमित निको भएका छन् ।               कोरोना संक्रमण पुष्टि भएपछि नोबेल अस्पतालको आईसोलेशनमा भर्ना भएका २ सय ६७ संक्रमित निको भएर घर फर्किएका हुन् ।

कोरोना संक्रमण भएपछि उपचारका लागि अस्पताल पुगेका र अस्पतालमै उपचारका क्रममा संक्रमण पुष्टि भएका ३ सय ९५ संक्रमित नोबेलको आईसोलेशनमा भर्ना भएका छन् । जसमध्ये २ सय ६७ संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भई घर फर्किएको नोबेल मेडिकल कलेजका प्रिन्सिपल डा.रामहरी घिमिरेले जानकारी दिए । ‘सरकारले उपचारको जिम्मा नलिएका बेला कतिपय कोरोना संक्रमितलाई अत्यन्त्यै गंभीर अवस्थामा पुगेपछि मात्र अस्पताल ल्याईएको थियो ।’ उनले भने–‘घरमा र अरु अस्पतालमा केही उपाय नलागेर ल्याईएका गंभीर अवस्थाका केही संक्रमितको मृत्यु भएको छ । बाँकी अधिकांस संक्रमित निको भएर राम्रोसँग घर फर्किनु भएको छ ।’

नोबेलमा गत भदौ महिनाबाट कोरोना संक्रमितको उपचार थालिएको हो । कोरोना संक्रमित भर्ना हुँने र निको हुँने क्रम चलिरहेको नोबेलमा अहिले पनि ३३ जना संक्रमित उपचाररत छन् । उपचाररत कोरोना संक्रमितहरुले नोबेलमा राम्रो उपचार पाएको बताएका छन् । संक्रमण पुष्टि भएपछि नोबेल अस्पतालको आईशोलेशनमा उपचार गराई संक्रमणमुक्त भएका रंगेलीका मदनकुमार दाहालले आफु उपचारबाट सन्तुष्ट भएको प्रतिक्रिया दिए ।

नोबेलमा कोरोना संक्रमितको उपचारका लागि अक्सिजनको सुविधासहितका १ सय ५० बेड छुट्याईएको छ । गंभीर अवस्थाका संक्रमितको उपचारका लागि भेन्टिलेटरसहितका ३० बेडको व्यवस्था मिलाईएको नोबेल अस्पतालले जनाएको छ ।