२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
खबर

दुई अर्ब ४० करोड लगानीमा नोबेलले बनाउने भो क्यान्सर अस्पताल पनि

Author Uttari Morang
बिहिबार, मंसिर १८, २०७७
दुई अर्ब ४० करोड लगानीमा नोबेलले बनाउने भो क्यान्सर अस्पताल पनि

नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले ठूलो लगानीमा क्यान्सर अस्पताल पनि सञ्चालन गर्ने भएको छ ।

२ अर्ब ४० करोड लगानी गरेर नोबेलले ‘नोबेल क्यान्सर अस्पताल’ सञ्चालन गर्ने भएको हो ।
बिराटनगरको कञ्चनवारीस्थित नोबेल अस्पताल परिसरमा निर्माण गर्ने तयारी गरिएको क्यान्सर अस्पतालको बुधबार सिलान्यास गरिएको छ ।

अब एक बर्ष भित्रमा सुबिधासम्पन्न क्यान्सर अस्पताल सञ्चालन गरिने नोबेल अस्पतालका सञ्चालक डा.सुनिल शर्माले जानकारी दिए । ‘सार्क राष्ट्रहरुमै हालसम्म नभएका अत्याधुनिक उपकरण राखेर क्यान्सर हस्पिटल चलाउने तयारी गरेका छौं’, डा.शर्माले भने–‘अब क्यान्सर रोगीले दिल्ली लगायत क्षेत्रमा पुग्नुपर्ने बाध्यता हट्छ । नोबेलमै क्यान्सरको राम्रो उपचार गर्ने वातावरण मिलाउँछौ ।’

नोबेलले १ अर्ब २० करोड भन्दा बढी रकम अत्याधुनिक उपकरण खरिदमै खर्चने छ । अमेरिकन कम्पनी भेरियन मेडिकल सिस्टम्सको एज वीथ हाइपरआर्क इन्टीग्रेटेड २४ च्यानल ब्राकीथेरापी सिस्टम र हेलकोन ई वीथ केभी लगायत अत्याधुनिक मेसिन किन्न सम्झौता भईसकेको अस्पतालले जनाएको छ ।

सुरुवाती चरणमा क्यान्सरका बिरामीका लागि अत्याधुनिक मेसिनद्वारा थेरापी सुरु गरेर एक सय बेडको क्यान्सर अस्पताल सञ्चालन हुनेछ ।