२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
खबर

गैरआवसीय नेपाली संघ कतारको परिषद भेला सम्पन्न

Author Uttari Morang
आइतबार, मंसिर २८, २०७७
गैरआवसीय नेपाली संघ कतारको परिषद भेला सम्पन्न

गैरआवसीय नेपाली संघ कतारको  दोस्रो परिषद भेला सम्पन्न भएको छ ।
कतारका लागि नेपाली राजदुत डाक्टर नारदनाथ भारद्वाजको आतिथ्यतामा दोस्रो परिषद भेला भएको हो ।

गैरआवसीय नेपाली संघका अध्यक्ष कुमार पन्तले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि नेपाल सरकारले छुट्टै श्रमिक बैंक सञ्चालनमा ल्याउन आग्रह गरे । कतारमा कोरोनाको प्रभाव पनि सबैभन्दा धेरै रहेको समयमा नेपाली राजदुतावास र एनआरएनए कतारले व्यवस्थापनमा देखाएको सक्रियता र खेलेको भुमिका उत्कृष्ट रहेको उनले बताए ।
भेलामा गैरआवसीय नेपाली संघका सचिव आरके शर्मा, मध्यपूर्व संयोजक प्रविण गुरुङ लगायतले पनि बोलेेेका थिए ।              भेलाले महासचिव पदम गिरीद्वाारा प्रस्तुत प्रगती प्रतिवेदन, कोषाध्यक्ष विनोद प्रसाद बसौलाको आर्थिक तथा लेखा प्रतिवेदन र प्रथम उपाध्यक्ष एवम श्रमिक विभाग प्रमुख उत्तम गुरुङले प्रस्तुत गरेको श्रमिक विभागको प्रतिवेदन पारित गरेको छ ।
भेला गैरआवसीय नेपाली संघ कतारका अध्यक्ष मोहम्द मुक्तदा मुसलमानको अध्यक्षता तथा महासचिव पदम गिरीको सञ्चालनमा  भएको थियो ।

दोस्रो परिषद भेलालाई शुक्रबार सम्बोधन गर्दै कतारका लागि नेपाली राजदुत डाक्टर नारदनाथ भारद्वाजले नेपाल सरकारले लिएको सम्वृद्धिको लक्ष्य प्राप्तीको लागि बैदेशिक रोजगारिमा रहेका नेपालीको योगदान महत्वपूर्ण हुने बताए । विदेशमा नेपालीले सिकेको शिप र आर्जन गरेको पूँजीलाई नेपालमै उत्पादनको क्षेत्रमा लगानी गर्न सके सरकारको लक्ष्य र उद्देश्य प्राप्त गर्न सहज हुने उनले बताए ।

कोरोना भाइरसले सिर्जना गरेको कठिन परिस्थितिमा पनि एनआरएनए कतारले नेपाली समुदायलाई सचेतना फैलाउने, विरामीलाई हौषला र उत्साह प्रदान गर्ने, राहत तथा उद्दार जस्ता कार्यमा दूतावाससँग मिलेर गरेको कार्यको उच्च मुल्याङकन हुने उनले बताए ।