२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

राज्यले अनुमति नदिए आफैं सिनेमा हल चलाउने पुर्वका हल सञ्चालकहरुको चेतावनी

Author Uttari Morang
सोमबार, मंसिर २९, २०७७
राज्यले अनुमति नदिए आफैं सिनेमा हल चलाउने पुर्वका हल सञ्चालकहरुको चेतावनी

पुर्वका सिनेमा हल संचालकहरुले दुई हप्ताभित्र मुलुकभरका सम्पुर्ण हल संचालन गर्न दिनुपर्ने माग गरेका छन् ।

गत चैतदेखि बन्द रहेका सिनेमा हल संचालन गर्न पाउनुपर्ने हल संचालकहरुको माग छ । नेपाल चलचित्र संघ पूर्वाञ्चलको शाखा ईटहरीमा बसेको बैठकले हल संचालन गर्न अनुमति दिन सरकारलाई दबाब दिने समेत ,निर्णय गरेको छ ।

अबको दुई हप्ताभित्र राज्यले हल संचालनबारे कुनै निर्णय नलिए आफैँ सिनेमा हल चलाउने निर्णय भएको नेपाल चलचित्र पूर्वाञ्चल शाखाका संयोजक चैतन्य बरालले जानकारी दिए ।
सरकारले हल संचालन दिए स्वास्थ्य प्रोटोकल पालना गरी हल संचालन गर्ने हल संचालकहरुले बताएका छन् । सरकारले हल संचालन गर्न नदिएको समयदेखि २ बर्षसम्म राज्यलाई कर नबुझाउने उनीहरूले निष्कर्ष निकालेका छन् ।

अंग्रेजी महिनाको नयाँ बर्ष अगाडिदेखि नै हल संचालन गर्न दिए चलचित्र हल व्यवसायीहरुलाई केही राहत मिल्ने बरालले बताए ।

कोरोना भाइरसको महामारीका कारण गत चैतदेखि थलिएको सिनेमा घरका संचालकहरु हलमा लगाएको लगानी निल्नु न ओकल्नुको अवस्थामा पुगेको उनीहरूले गुनासो गरेका छन् ।

सरकारले अन्य सबै किसिमका व्यवसाय संचालन गर्न दिए पनि हल संचालनबारे अहिलेसम्म कुनै पनि निर्णय नगरेको  सारदा चलचित्र हल बेलबारीका संचालक तथा नेपाल चलचित्र संघका निवर्तमान पूर्वाञ्चल सभापति विकास कोइरालाले बताए ।

हल संचालक तथा चलचित्र व्यवसायीहरुले हाल पूर्वाञ्चलमा २३ वटा ठूला तथा साना सिनेमा हल संचालनमा छन् ।