२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
कृषि/सहकारी

नगरले मौरीसहितका घार दिएपछि मौरी पालनतिर लाग्न थाले बेलबारीका अपाङ्गहरु

Author Uttari Morang
शनिबार, पुष ११, २०७७
नगरले मौरीसहितका घार दिएपछि मौरी पालनतिर लाग्न थाले बेलबारीका अपाङ्गहरु

अपांगता भएका व्यक्तिहरुलाई जिविकोपार्जनमा सहज होस् भन्ने उद्देश्यले बेलबारी नगरपालिकाले मौरीसहितका घार वितरण गरेपछि अपाङ्गता भएका व्यक्तिहरु मौरी पालनतर्फ आकर्शित हुन थालेका छन् ।

नगरपालिकाले आर्थिक सहयोग गरेपछि बेलबारी ४ का अपाङ्गता भएका ब्यक्तिहरुले  नै गठन गरेर मौरीपालन गर्दै आएका समूह अध्यक्ष दिनेश कोइरालाले बताए । नगरपालिकाले त्यसको जग निर्माण गरिदिएकोले आफुहरु आत्मनिर्भर हुन थालेको र अब आफैं उद्दमी बन्न सक्ने उनले बताए ।

समूहका सदस्यहरुलाइ अफ्ठेरो परेको बेला नगरपालिका सहारा बनेको उनले  बताए ।

मौरीपालनबाट मनग्गे आम्दानी लिईरहेका अपांगता भएका व्यक्तिहरुको समूहले मह निकाल्दै गरेको दृश्य अवलोकन गर्न नगर उपप्रमुख ढाकाकुमारी पराजुलीलाई  निम्ता गरेका थिए।

अबलोकन गर्न पुगेकी उप-प्रमुुख  पराजुलीले नगरपालिकाको सहयोगलाई महत्त्वपूर्ण मानेर प्रत्यक्ष प्रतिफल देखिनेगरी काम गरेको र उदाहरणयोग्य काम गरेकोमा समूहलाई धन्यवाद दिँदै यस्ता कार्यलाई निरन्तरता दिन आग्रह गरिन् ।

उनले स्थानीय सरकार र जनप्रतिनिधि सधैँ नागरिकको संरक्षण र सहयोग समन्वयको भूमिकाबाट नचुक्ने बताइन् । आफुुुहरुको यात्रा र आम क्रियाकलाप नागरिकको हितमा हुने उनले बताइन् ।