२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
खबर

धनकुटामा कांग्रेसको जागरण अभियान चल्दै, छथरजोरपाटीका थुप्रै मान्छे कांग्रेसमा

Author Uttari Morang
शुक्रबार, पुष १७, २०७७
धनकुटामा कांग्रेसको जागरण अभियान चल्दै, छथरजोरपाटीका थुप्रै मान्छे कांग्रेसमा

नेपाली कांग्रेस धनकुटा तथा छथरजोरपाटी गाउपालिका कार्य समितिले राष्टिय मेलमिलाप दिवसको अवसरमा पार्टी प्रवेश, समायोजन तथा  क्रियाशिल सदस्यता फारम वितरण कार्यक्रमको आयोजना गरेको छ ।
नेपाली कांग्रेस सहमहामन्त्री सुनिल वहादुर थापा, आमन्त्रित केेेन्द्रिय सदस्य मनोहर नारायण श्रेष्ठ, प्रदेश सभा सदस्य लिला सुब्बा, कांग्रेस धनकुटका सभापति अग्नी प्रसाद पौडेल, कांग्रेस आदिवासी जनजाती केन्द्रिय विभागका सदस्य आनन्द सन्तोषी राई, संविधान सभा सदस्य अञ्जना ताम्ली, पार्टीका जिल्ला उपसभापति नविन किशोर शाक्य, सचिव विजय सन्तोषी राइ कोषाध्यक्ष दिनेश राई, जिल्ला सदस्यहरु कमोट फागु, निर्मल ओझा, विष्णु पौडेल, गिरिजा दाहाल, महासमिति सदस्य घनेन्द्रराज श्रेष्ठ, कांग्रेसका नेता माधव भट्टराई, क्षेत्रिय सभापति इन्दिरा थापा, धनकुटा नगरका सभापति रोशन श्रेष्ठ, नेपाल महिला संघका पूर्व केन्द्रिय सदस्य टिका भण्डारी लगायतको उपस्थितिमा कार्यक्रम भएको हो ।
नेपाली कांग्रेस छथरजोरपाटी पालिका कार्य समितिका सभापति छत्र सुब्बाको अध्यक्षमा सम्पन्न भएको कार्यक्रममा तत्कालिन तांखुवा गाविसका पूर्व अध्यक्ष माधव भट्टराई, इन्द्र गुरुङ लगायत राप्रपाबाट समायोजन भएका र नेकपा ,राप्रपा तथा जनता समाजवादी पार्टी परित्याग गरी ६ सय ८६ जना नेपाली कांग्रेसमा प्रवेश गरेका जिल्ला सचिव विजय सन्तोषी राईले वताए ।

विभिन्न पार्टीबाट कांग्रेसमा प्रवेश गर्नेहरु र समायोजन हुनेहरुमा डिल्ली सुब्बा, हर्क तामाङ, कमल विक, जित वहादुर कार्की, गोविन्द कटुवाल, टंकमााया राना, कमला कार्की, शिव पौडेल, देविमाया सिजाली, कमल भट्टराई, दिपक लिम्बु, राजन थापा, केशव भूजेल, अनिल लिम्बु, सृजना लिम्बु, प्रकाश लिम्बु, डिल्ली लिम्बु, छत्र नेपाली, कृष्ण वहादुर लिम्बु, माेहन लिम्बु, राजकुमार लिम्बु, जीवन लिम्बु, पूर्ण वहादुर लिम्बु, डिकवहादुर लिम्बु, सन्देश लिम्बु, राम वहादुर लिम्बु, महेन्द्र थापा, मान वहादुर दाहाल, अमर थापा, पशुराम थापा, कुल वहादुर घिमिरे, पर्शुराम दाहाल लगायत ६ सय ८६ जना रहनु भएको नेपाली कांग्रेसका जिल्ला सचिव विजय सन्तोषी राईले वताए ।
नेपाली कांग्रेस धनकुटा जिल्लाका सभापति अग्नी प्रसाद पौडेलको अध्यक्षतामा सोही स्थानमा नेपाली कांग्रेसको क्रियाशिल सदस्यता फारम वितरण समेत भएको थियो ।
कार्यक्रममा कांग्रेस धनकुटा सह-सचिव सिता श्रेष्ठ, जिल्ला सदस्यहरु सुमना तिम्सिना, ज्ञानु गुरुङ, नेपाल महिला संघ धनकुटका उपाध्यक्ष अम्विका धमला, नेपाल प्रेस युनियन धनकुटाका अध्यक्ष हिमा चेम्जोङ, निर्वतमान अध्यक्ष यानिन्द्र तिगेला, नेपाल शिक्षक संघ धनकुटाका अध्यक्ष थिरेन्द्र सुब्बा, पूर्व सचिव घनेन्द्र सुब्बा, वडा सभापतिहरु भोगेन्द्रराज अधिकारी, मान बहादुर पुलामी, छत्र सुब्बा, मेघराज खतिवडा, ढकल सिंह लिम्बु, नविन श्रेष्ठ लगायतको नेताहरुको समेत सहभागीता रहेको थियो ।