२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
गाउँ/समाज

धनकुटाको डांँडाबजारमा कांग्रेसको शक्ति प्रर्दशन

Author Uttari Morang
शनिबार, पुष २५, २०७७
धनकुटाको डांँडाबजारमा कांग्रेसको शक्ति प्रर्दशन

ओली सरकारले असंवैधानिक ढंगबाट संसद विघटन गरेको विरुद्धमा धनकुटाको सांँगुरगढी गाउंँपालिकाको डांँडाबजारमा नेपाली कांग्रेस क्षेत्रिय कार्य समिति १ धनकुटाले  वृहत ¥याली गरेको छ ।                                        बसपार्कबाट शुरु भएको र्याली  डांँडाबजारको विभिन्न भागहरुको परिक्रममा गरी विरोध सभामा परिणत भएको थियो ।

नेपाली कांग्रेस प्रदेश क्षेत्रिय कार्य समिति क्षेत्र नं. १ धनकुटाका सभापति जितेन्द्र राईको अध्यक्षमा सम्पन्न भएको विरोध प्रर्दशन तथा विरोध सभा कार्यक्रममा नेपाली कांग्रेस धनकुटाका सभापति अग्नी प्रसाद पौडेल, सचिव तथा नेपाल प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष विजय सन्तोषी राई,नेपाली कांग्रेसका जिल्ला सदस्य तथा तरुण दलका पूर्व केन्द्रिय सदस्य कमोट फागु, महासमिति सदस्य दुर्गा वहादुर सुवेदी, जिल्ला सदस्यहरु हर्कमान चेम्जोङ, नेपालधन राई, धनकुटा नगर कार्य समितिका सभापति रोशन श्रेष्ठ, चौविसे गाउंँपालिकाका सभापति बिजु राई, नेपाल महिला संघ धनकुटका उपाध्यक्ष अम्विका धमला, नेपाल तरुण दल धनकुटाका वरिष्ठ जिल्ला उपाध्यक्ष धिरज साङ्बो, सांँगुरीगढी गाउंँपालिका वडा नं. ५ का वडाध्यक्ष पलक वहादुर वस्नेत लगायतले अव नेपाली कांग्रेसले मात्र लोकतन्त्र र संविधानको रक्षा गर्दै मुलुकलाई समृद्ध बनाउनुपर्ने बताएका  थिए ।
कार्यक्रममा नेपाली कांग्रेस धनकुटाका महासमिति सदस्यहरु तलित चेम्जोङ , रमेश राई, जिल्ला सदस्यहरु रमेश इवाहाङ, पृती राई, सांँगुरीगढी गाउंँपालिका सभापति यम प्रकाश मगर,  धनकुटा नगरपालिका वडा नं. ५ का वडाध्यक्ष धन कुमार राई, वडा नं. ६ का वडाध्यक्ष नरेश श्रेष्ठ, नेपाली काग्रेस धनकुटा नगर कार्य समितिका उपसभापति मिलन खड्गी, निर्वाचित महिला सदस्य हिरा देवी राई, नेपाल शिक्षक संघ धनकुटा नगर कार्य समितिका अध्यक्ष राम श्रेष्ठ, नेपाल महिला संघ धनकुटाका पूर्व सहसचिव जयन्ती राई, नेपाली कांग्रेस सागुरगढीका यूवा नेताहरु ओम प्रकाश लिम्बु, चन्द्र लिम्बु, निर्देश लिम्बु, अर्जुन वराल, लाल वहादुर लिम्बु लगायतको पनि सहभागिता थियो  ।