२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
खबर

बयल गाढावाला ओलीले लोकतन्त्रलाई नै धरापमा पारेको नेकपा नेता पाण्डेको आरोप

Author Uttari Morang
सोमबार, माघ ०५, २०७७
बयल गाढावाला ओलीले लोकतन्त्रलाई नै धरापमा पारेको नेकपा नेता पाण्डेको आरोप

देशमा लोकतन्त्र ल्याउनु पर्छ भन्दा बयल गाढा चढेर अमेरीका पुगिदैन भनेर बिरोध गर्ने केपी ओलीले संसद बिगठन गरेर लोकतन्त्रलाई नै धरापमा पारेको नेकपा नेता सुरेन्द्र पाण्डेले बताएका छन् ।
शनिबार मोरङको बेलबारीमा अखिल नेपाल महिला संघ मोरङले गरेको कार्यक्रममा बोल्दै पान्डेले ओलीले धरापमा परेको लोकतन्त्रलाई थाम्नका लागि पुन एकजुट हुन समेत सवैलाई आग्रह गरे ।                                 हिजो हत्यारा भनेर जिम्मेवारी बिहिन बनाइएका बालकृष्ण ढुगेल, कालि बहादुर थापा, लगायतका नेताहरु प्रति लक्षीत गर्दै नेता पान्डेले हिजो हत्यारा भनेर जिम्मेवारी बिहिन बनाएका आज आफनो लाईनमा आउदाँ चाहि राम्रा भएको भन्दै चोख्याएको बताए ।
संविधानले दिँदै नदिएको अधिकार प्रयोग गरेर संसद विघटन गरेको भन्दै उनले भने संसद पुनस्त्थ हुने दाबी समेत गरे । प्रधानमन्त्रीेले अदालतमा पेश गरेको फाईल चोरी गरेको समेत उनले आरोप लगाए । ओलिको प्रबृतिले प्रतिक्रिर्या वादीहरु सलबलाउन थालेको समेत उनले बताए ।                                         पुर्व अर्थमन्त्री समेत रहेका पान्डले ओलिको ओरालो यात्रा तय भइसकेकोले अबको केहि समयमै त्यो यात्रा अन्तय हुने समेत जिकिर गरे । पार्टीको बहुमत सदस्य आफूहरुसँग भएकाले नेकपा र सूर्य चिन्ह आफूहरुसँगै रहने उनले दाबी गरे । तर देशभित्र र बाहिर प्रतिक्रियावादीहरुको बोलबाला रहेको र उनीहरुको षड्यन्त्रको शिकार देश हुनसक्नेतर्फ सचेत हुनुपर्ने बताए ।