२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
गाउँ/समाज

मतदाता नामावली प्रकाशन तथा अद्यावाधिक गराउँदै धनकुटा नगरपालिका

Author Uttari Morang
बुधबार, माघ १४, २०७७
मतदाता नामावली प्रकाशन तथा अद्यावाधिक गराउँदै धनकुटा नगरपालिका

धनकुटा नगरपालिकाले माघ १५ देखि फाल्गुण २ गतेसम्म मतदाता नामावली प्रकाशन, दावी विरोध, नाम तथा ठेगाना सच्याउने वा अद्यावाधिक गर्ने भएको छ ।

निर्वाचनका लागि मतदाता अद्यावाधिक गर्ने वारे बुधबार भएको अन्तरक्रिया कार्यक्रममा सो जानकारी दिइएको हो ।
धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङ्गको अध्यक्षतामा भएको मतदाता अद्यावाधिक विषयक सर्वपक्षिय अन्तरकृया तथा छलफल कार्यक्रममा सहायक नाम दर्ता अधिकारी उपेन्द्र खनालले सो जानकारी दिएका छन् ।
उक्त कार्यक्रममा धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम वहादुर थापा, धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई, गैसस महासंघ धनकुटाका अध्यक्ष मिन प्रसाद सुवेदी, नेपाल पत्रकार महासंघ धनकुटाका उपाध्यक्ष नगेन्द्र राई, नेकपा धनकुटाका नगरका अध्यक्ष अर्जुन छाराहाङ्ग, नेपाली कांग्रेस धनकुटाका नगरका उपसभापति मिलन खड्गी, जनता समाजवादी पार्टीका नगर अध्यक्ष दिल कुमार राइ, सशस्त्र प्रहरी वल ६ नम्वर गुल्म छिन्ताङ्ग धनकुटाका प्रहरी निरिक्षक विश्वनाथ पोखरेल, धनकुटा नगरपालिका वडा नं. १ का वडाध्यक्ष निरेन तामाङ्ग, वडा नं. ४ का वडाध्यक्ष जमशेर छारा, वडा नं. ५ का वडाध्यक्ष धन कुमार राई, वडा नं ६ का वडाध्यक्ष नरेश श्रेष्ठ, वडा नं. ७ का वडाध्यक्ष जंग वहादुर राई लगायतका वडाध्यक्षहरु र वडा सचिवहरु समेत सहभागी थिए ।

जिल्ला निर्वाचन कार्यालय धनकुटाले धनकुटा नगरपालिकामा सहायक नाम दर्ता अधिकारीको कार्यालय स्थापना गरी माघ १५ गतेदेखि नाम दर्ता तथा अध्याबधिक शुरु गरिने सहायक नाम दर्ता अधिकारी उपेन्द्र खनालले वताए ।