२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
गाउँ/समाज

धनकुटामा डोरम्याट बनाउने तालिम सम्पन्न, ४० महिलाले सिके सिप 

Author Uttari Morang
सोमबार, माघ १९, २०७७
धनकुटामा डोरम्याट बनाउने तालिम सम्पन्न, ४० महिलाले सिके सिप 

महिलालाई आत्मनिर्भर बनाउने उदेश्यले नेपाल महिला संघ धनकुटा नगरपालिका वडा नं. ६ मा   संकलन भएको डोरम्याट बनाउने तालिम सम्पन्न भएको छ ।

विभिन्न टोल वस्तीहरुका गरी ४० जना महिलाहरुले भाग लिएको तालिममा कुसुम जोशी श्रेष्ठ र बिनिता श्रेष्ठले प्रशिक्षण दिएका थिए ।
प्रदेश सभा सदस्य सांसद तथा नेपाल महिला संघ धनकुटाका अध्यक्ष लिला सुब्बाको प्रमुुख आतिथ्यतामा तालिम समापन भएको हो ।
नेपाल महिला संघ धनकुटा नगरपालिका वडा नं. ६ का वडा कार्य समितिको आयोजना र कुसुम जोशी श्रेष्ठको अध्यक्षतामा भएको ताालिम समापन कार्यक्रमको संचालन र सहजीकरण सचिव सुजता श्रेष्ठले गरेकी थिइन् ।

समापन कार्यक्रममा नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राई, कोषाध्यक्ष दिनेश राई, कांग्रेस जेष्ठ नागरिक सभाका सदस्य भोलनाथ घिमिरे, मनोनित सचिव रविन्द्र नेपाली, नेपाल महिला संघ धनकुटाका उपाध्यक्ष अम्विका धमला, नगर कार्य समितिका अध्यक्ष निरुपा राई, नेपाल शिक्षक संघ धनकुटाका पूर्व अध्यक्ष महानन्द पोखरेल, कांग्रेस नगर कार्य समितिका उपसभापति मिलन नेवा खड्गी, निर्वाचित वडा सदस्य हिरादेवी राई, कांग्रेस धनकुटाका पूर्व जिल्ला सदस्य दिनेश भण्डारी, नेपाल विद्यार्थी संघ धनकुटाका उपाध्यक्ष विमर्शमान अमात्य, धनकुटा वहुमुखी क्याम्पस समितिका अध्यक्ष करुणा कटुवाल लगायतको उपस्थिति थियो ।