२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
गाउँ/समाज

बेलबारीमा पनि शुरुभो कोरोना बिरुद्धको खोप अभियान, स्वास्थ्यकर्मीहरु दंग

Author Uttari Morang
सोमबार, माघ १९, २०७७
बेलबारीमा पनि शुरुभो कोरोना बिरुद्धको खोप अभियान, स्वास्थ्यकर्मीहरु दंग

कोरोना भाइरस (कोभिड १९) विरुद्धको खोप अभियान बेलबारीमा पनि सुरु भएको छ ।

एक कार्यक्रमका विच बेलबारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले स्वास्थ्यकर्मीलाई भ्याकसिन दिएर अभियन सुरु गरेका हुन् ।

अभियन सुरु भएसगै बेलबारीका केहि स्वास्थ्यकर्मीहरुलाई खोप लगाइएको छ । भ्याकसिन (खोप) लगाएपछि महामारीको समयमा भोगेका पिडा दुखहरु भुलेको कोरोनाको लडाइमा अग्रपत्तिंमा खटिएका स्वास्थ्यकर्मीहरुले बताएका छन ।

स्वास्थ्य सामाग्रीहरु अभावका बाबजुद बिहान बेलुका नभनी नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको हौसलासँँगै परिस्थितिसँग जुधेर काममा खटिएको स्मरण गर्दै नगरपालिका स्वास्थ्य शाखाका कर्मचारी सन्तोष विश्वकर्माले भने ‘ अहिले भ्याकसिन लगाउन पाँउदा एउटा लडाइँ नै जितेेे झैंं महसुस भएको छ ।’