२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

बेलबारीमा अपाङ्गहरुका लागि स्वास्थ्य शिविर चल्दै, महिला स्वास्थ्य शिविर सम्पन्न

Author Uttari Morang
सोमबार, माघ १९, २०७७
बेलबारीमा अपाङ्गहरुका लागि स्वास्थ्य शिविर चल्दै, महिला स्वास्थ्य शिविर सम्पन्न

मोरङको बेलबारी नगरपालिकाले  अपाङ्गता भएका ब्यक्तिहरुका लागि नि:शूल्क एक हप्ते स्वास्थ्य शिविर आयोजना गरेको छ ।

अपाङ्गता रोकथाम तथा पूर्नस्थापना कार्यक्रम अन्तरगत नगरपालिकाले बेलबारी २ नम्बर वडादेखि निशूल्क स्वास्थ्य शिविर सुरु गरेको हो । शिबिरमा स्वास्थ्य परीक्षण, मनोपरामर्श, कुपोषण आदिबारे परामर्श दिइने नगरपालिकाको स्वास्थ्य शाखाका कर्मचारी सन्तोष विश्वकर्माले बताए ।

उनका अनुसार हाडजोर्नीको अप्रेसन र हातखुटटा वाङ्गिएको भए उपचारका लागि रेफर गरिने छ । यस्तै अपाङ्गता भएका ब्यक्तिहरुलाइ सहायक समाग्री वितरण र अपाङ्गता परिचय पत्र प्राप्त नगरेको भए परिचय पत्र समेत बितरण गरीने विश्वकर्माले बताए ।

नगरपालिकाले स्वास्थ्य शिविरमा सहभागि हुनका लागि अपांगता भएका ब्याक्तिहरुलाई आग्रह समेत गरेको छ । माघ १८ गते सुरु भएको शिबिर २६ गतेसम्म संचालन हुने नगरपालिकाले जनाएको छ ।
सबै वडाहरुमा महिला स्वास्थ्य शिविर
‍‍यसैगरी बेलबारी नगरपालिकाले सबै वडामा महिलाहरुका लागि निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ ।
निःशुल्क महिला स्वास्थ्य शिविरमा अब्स्टेटिक, फिस्टुला र पाठेघर खस्ने महिलाहरूको ईस्केनिङ रिगंपेशरी तथा भि.आई.ए.जाँच सेवा साथै आँखा जाँच समेत गरिएको थियो ।

नगरपालिकाका स्वास्थ्य शाखाका कर्मचारी सन्तोष विश्वकर्माका अनुसार बेलबारीका सबैजसो वडाहरुमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भइसकेको छ ।