२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

पत्रकार महासंघ धनकुटाको १० औं साधारण सभा सम्पन्न, पत्रकारहरु सम्मानित

Author Uttari Morang
बुधबार, माघ २१, २०७७
पत्रकार महासंघ धनकुटाको १० औं साधारण सभा सम्पन्न, पत्रकारहरु सम्मानित

‍पत्रकारहरुलाई सम्मान र पुरस्कृत गर्दै नेपाल पत्रकार महासंघ धनकुटाको १० औ साधारण सभा पाख्रिवासमा सम्पन्न भएको छ ।

साधारणसभामा नेपाल पत्रकार महासंघ धनकुटाको संस्थागत विकासका लागि महत्वपूर्ण योगदान दिने नेपाल पत्रकार महासंघ धनकुटाका शाखाका पूर्व अध्यक्षहरु सञ्जय सन्तोषी राई, विजय सन्तोषी राई र खगेन्द्र घिमिरे सम्मानित भएका छन् ।  उनीहरूलाई पाख्रिवास नगरपालिकाका प्रमुख बृष वहादुर राई, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य उद्धव तिम्सिना र नेपाल पत्रकार महासंघ धनकुटा शाखाका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठले दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
साधारण सभामा नेपाल पत्रकार महासंघ धनकुटा शाखाको भवन निर्माणमा महत्वपूर्ण सहयोग गर्ने धनकुटा नरपालिकाका इन्जिनियर मिङ्मा दोर्जी शेर्पा, प्रध्यापक किरण घिमिरे, नेपाल निजामती कर्मचारीहरुको धनकुटा जिल्लाको आधारिक टे«ड युनियनका अध्यक्ष गोविन्द्र खत्री, तत्कालिन नेपाल पत्रकार महासंघ धनकुटका सचिव लिला बल्लभ घिमिरे, यूवा पत्रकार हरी वहादुर लम्जेललाई दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरी सम्मान गरिएको थियो ।
यसैगरी  नेपाल पत्रकार महासंघ धनकुटा शाखाले यस बर्षको धनकुटा क्रियाशिल पत्रकारिता पुरस्कारबाट ब्लाष्ट दैनिकमा समाचारदात सन्तवीर लामा, कान्तिपुर टेलिभिजनका बिनोद घिमिरे, रेडियो नेपाल प्रदेश प्रशारण केन्द्र धनकुटामामा कार्यरत संचारकर्मीहरु सरिता वराईली, र देवकला कार्कीलाई जनही  नगद ५ हजार ५ सय ५५ रुपैयासहित पुरस्कृत गरिएको छ । नेपाल पत्रकार महासंघ धनकुटा शाखाका सचिव विदुर खवासले वताए ।
साधारण सभामा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य उद्धव तिम्सिना, लक्ष्मण कार्की, गोपाल वराईली, प्रदेश अध्यक्ष विक्रम लुईटेल, उपाध्यक्ष इस्मिता निरौला, महासचिव विवेक गौतम, नेपाल पत्रकार महासंघ धनकुटका पूर्व अध्यक्षहरु सञ्जय सन्तोषी राई, विजय सन्तोषी राई, खगेन्द्र घिमिरे, प्रदेश सदस्य सन्तोष रुचाल, नेपाल प्रेस युनियनका प्रदेश अध्यक्ष लिला वल्लभ घिमिरे, नेपाल पत्रकार महासंघ पांँचथर शाखाका अध्यक्ष लवदेव ढुंगाना, धनकुटाका अध्यक्ष हिमा चेम्जोङ, फोनिजका अध्यक्ष सन्तवीर लामा, नेपाल नेत्र ज्योती संघ धनकुटाका सभापति रोशेष श्रेष्ठ, फेकोफोन धनकुटाका अध्यक्ष निल वहादुर थापा, रेडक्रस सोसाईटी धनकुटाका सचिव कृष्ण श्रेष्ठ, सिमसार ताल तलैया पर्यटकीय क्षेत्र पाख्रिवासका अध्यक्ष ज्ञान वहादुर गुरुङ्ग, वडा नं. ४ का वडाध्यक्ष सोभित  निरौला लगायतले पत्रकारहरु राज्यको पथ प्रदर्शक भएकोले पत्रकारहरुलाई सवैले सहयोग गर्नु पर्ने बताए ।
नेपाल पत्रकार महासंघ धनकुटा शाखाका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठको अध्यक्षमा सम्पन्न भएको साधारण सभामा स्वागत मन्तव्य शाखाका उपाध्यक्ष नगेन्द्र राईले व्यक्त गरेका थिए  भने सचिव विदुर खवासले प्रस्तुत गरेको प्रगती प्रतिवेदन र कोषाध्यक्ष नारायण कुमार राईले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरेको थियो ।