२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
कृषि/सहकारी

कृषकहरुलाइ बेलबारी नगरपालिकाले दियो यन्त्रिक कृषि उपकरण तथा सामग्री

Author Uttari Morang
आइतबार, माघ २५, २०७७
कृषकहरुलाइ बेलबारी नगरपालिकाले दियो यन्त्रिक कृषि उपकरण तथा सामग्री

मोरङको बेलबारी नगरपालिकाले कृषकलाई विभिन्न कृषि यन्त्रिक उपकरणहरु बितरण गरेको छ ।

एक कार्यक्रमका विच नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले कृषकहरुलाई पावर टिलर, मकै थ्रेसर र गोलासहितको माहुरीको घार आदि  कृषि यान्त्रिक उपकरण बितरण गरेको हुन् ।

परम्परागत खेतिलाई बिस्थापित गरी आधुनिक खेति गरेर कृषकहरुलाई ब्याबसायिक बन्न मदत पुगोस भन्न्ने उदेश्यले कृषकहरुलाई सहयोग गरेको मेयर सुवेदीले बताए ।

एक वडा एक उत्पादनको निति लिएको नगरपालिकाले १० थान पावर टिलर, २० थान मकै छोडाउने (मकै) थ्रेसर, ६० थानगोला सहितको माहुरी घार तथा ६ थान मिनिटिलर बितरण गरीएको कृषि शाखाका प्रमुख बिनोद दाहालले बताए । कृषि यन्त्रिकरणहरु ब्याबशायिक कृषक समुह तथा फर्महरुलाई प्राथम्किता आधारमा बितरण गरीएको उनले  बताए ।

कृषि यन्त्रहरु नहुदाँ खेति गर्न असहज भएको बताउँदै प्रगतिशिल महिला कृषक समुहकी अध्यक्ष सजय कुमारी राईले भनिन् ‘अब समय तथा खर्चको पनि  बचत हुनेभो, आम्दानी गर्न नि  सहज हुनेभो ।

प्रत्येक बर्ष कृषक, कृषक समुह तथा ब्याबसायिक कृषि फर्महरुलाई यन्त्र तथा बिउ बिजनहरु दिएर सहयोग गर्ने गरेको प्रमुख प्रशासकिय अधिकृत प्रदिप शाहले बताए ।

‍इलेक्ट्रीक स्प्रे मेसिन बितरण

त्यसैगरी नगरपालिकाको वडा नम्बर ३ ले केही समयअघि टोलविकास संस्थाहरुलाई  इलेक्ट्रीक स्प्रे मेसिन बितरण गरेको छ ।

किसानहरुलाई प्रोत्साहन गर्ने उदेश्यले संस्थालाई स्प्रे मेसिन बितरण गरीएको वडा कार्यालयले जनाएको छ । ब्यक्तिले लगेपछि हराउने र बिग्रने डर भएकोले संस्थाहरु मार्फत बितरण गरिएको बताइएको छ ।

तरकारी,फलफुल तथा मसला वालिको पकेट क्षेत्रका रुपमा बिकास गरीरहेको वडाले किसानहरुलाई कागति, सजिवन, च्याउ खुर्सानी तथा प्याजका बिरुवा समेत बितरण गरीसकेको वडा अध्यक्ष योगेन्द्र सुवेदीले बताए । यस्तै वडाले ब्यबशायिक अगुवा किसान कृष्ण राईलाई पनि टनेल तथा स्प्रे मेसिन बितरण गरेको छ ।