मर्नु सरल छ जिउनु कठिन , यो दुनियांँ कुनै कायर व्यक्तिको लागि होइन । हिम्मत हुनेहरु नै जिउंँदा हुन्छन् लड्छन् र जिउंँछन् भन्ने संदेश दिन खोजिएको यस गीतमा स्वर गायक तथा संगीतकार हरि लम्सालको रहेको छ भने किरण कडेलको संगीत संयोजन रहेको छ।मार्मिक म्युजिक भिडियोमा नायक राजेश हमाल, रिमा बिश्वकर्मा को साथमा बालकलाकार श्रीवानी थापा फिचर्ड छन्। बुद्ध थापाले छायांकन गरेको यस भिडियोलाई बिकाश धमलाले सम्पादन गरेका हुन्। निकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो।
यस अघि गीतकार तथा संगीतकार बसन्त लम्सालले ‘यसलाई पर्दा उसले हेर्थ्यो’, ‘तिमी मेरो एउटा’ लगायत थुप्रै गीतहरु सार्वजनिक गरिसकेका छन्। यस गीतको म्युजिक भिडियोलाई हेरिदिन सम्पुर्णलाई निर्माण समुहले सबैलाई आग्रह गरेका छन् ।