२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

बिएससी नर्सिङ्गमा नोबेलले निकाल्यो सत प्रतिशत नतिजा

Author Uttari Morang
बिहिबार, माघ २९, २०७७
बिएससी नर्सिङ्गमा नोबेलले निकाल्यो सत प्रतिशत नतिजा

‍‍विराटनगरस्थित नोवेल मेडिकल कलेजले बिएस्सी नर्सिङ्ग चौथो बर्षमा सत प्रतिशत नतिजा ल्याउन सफल भएको छ ।

चिकित्सा शिक्षामा अब्बल मानिदै आएको नोबेलले यस बर्ष बिएसी नर्सिङ्ग चौथो बर्षमा सत प्रतिशत नतिजा ल्याएको हो ।

नोबेलमा बिएस्सी नर्सिङ्ग चौथो बर्षमा २० जना विद्यार्थी अध्ययनरत थिए । उनीहरु सबैजना उत्रीर्ण भएको नोबेल मेडिकल कलेजका शैक्षिक कार्यक्रम संयोजक डिल्लीराम निरौलाले जानकारी दिए । गत महिना प्रकाशित नतिजामा पनि नोबेलले बिडिएस प्रथम र दोस्रो बर्षमा सत प्रतिशत नतिजा ल्याएको थियो ।

नोबेलमा डिएम एमसीएच, एम्डी, एमएस, एमवीवीएस, वीडीएस, वीएस्सी नर्सिङ, वीएनएस, स्टाफ नर्स, ल्याव टेक्निसियन, रेडियोग्राफी, डेन्टल हाईजिन र डिफार्म संकायमा करिव १ हजार ६ सय विद्यार्थी अध्ययनरत छन् ।