२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

एमवीवीएस, वीडीएस र वीएससी नर्सिङ पढ्न नोबेलमा थपिए १ सय ३१ विद्यार्थी

Author Uttari Morang
शनिबार, फाल्गुण १५, २०७७
एमवीवीएस, वीडीएस र वीएससी नर्सिङ पढ्न नोबेलमा थपिए १ सय ३१ विद्यार्थी

करिव १ हजार ६ सयभन्दा बढी विद्यार्थी अध्ययनरत रहेकोे नोबेल मेडिकल कलेजमा एमवीवीएस, वीडीएस र वीएससी नर्सिङमा १ सय ३१ विद्यार्थी थपिएका छन् ।

एमवीवीएस, वीडीएस र वीएस्सी नर्सिङ दोस्रो बर्षका विद्यार्थीहरुले कार्यक्रम आयोजना गरी एमवीवीएस प्रथम बर्षका १ सय, वीडीएसका १० र वीएस्सी नर्सिङका २१ जना नयाँ विद्यार्थी विद्यार्थीहरुलाई स्वागत गरेका हुन् ।

हरेक बर्ष नयाँ विद्यार्थीलाई स्वागत गर्ने प्रचलन अनुसार गरिएको कार्यक्रममा फूल, खादा र अविर लगाएर नयाँ विद्यार्थीहरुलाई स्वागत गरिएको हो। यस पटक कोरोनाको महामारीका कारण स्वागतमा ढिलाइ भएको विद्यार्थीहरुले जनाएका छन् ।

यसैवीच कार्यक्रमलाई संबोधन गर्दै नोबेल मेडिकल कलेजका प्रिन्सिपल प्रा. डा. रामहरी घिमिरे, कलेजका अन्तर्राष्ट्रिय निर्देशक डा.निरञ्जन कुमार, स्त्रीरोग विषेशज्ञ प्रा. डा. सीता पोख्रेल घिमिरे, प्याथलोजी बिभागका प्रोफेसर आर.एन. ठाकुर लगायतले विद्यार्थीहरुलाई अनुसाशित भई मेहनत गरेर पढ्न सुझाव दिए ।

नोबेलमा डिएम एमसीएच, एम्डी, एमएस, एमवीवीएस, वीडीएस, वीएस्सी नर्सिङ, वीएनएस, स्टाफ नर्स, ल्याव टेक्निसियन, रेडियोग्राफी, डेन्टल हाईजिन र डिफार्म संकायमा करिव १ हजार ६ सय विद्यार्थी अध्ययनरत छन् ।

नोबेलमा पढाई राम्रो हुने भन्दै नेपालका बिभिन्न जिल्लासँगै भारत, माल्दिभ्स लगायत देशबाट पनि विद्यार्थीहरु अध्ययनका लागि आउने गरेका छन् ।